मधेसमा "पगडि"काे साखमा दलित युवतीहरू बिचलित

  • मंसिर ३०, २०७७
  • १७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेसमा जातीय छुवाछूतकाे पराकाष्ठा छ । नेपाल मा जातीय छुवाछूत अन्त भएको घाेषणा भए पनि कागजमै सिमित रहेकाे छ । मधेसमा ठूला जातका केटीलाई लाई दलित जातकाे केटा सँग जादा ईज्जत् तथा पगडि जान्छ त्यहीँ भएर केटापछकाे सम्पूर्ण घरपरिवारलाई कुटपिट र मानसिक दबाब र समाजिक कारवाहि समेत हुन्छ । दलित युवाबाट अन्तत केटीलाई छुटाउने हर प्रयास गर्छन् र पगडि काे सबाल हाे भनेर मधेस मा सम्भवतः हरेक हरकत गर्न पछि हटदैनन् । तर युवा र युवतिले श्रिमान श्रीमती बिचहुने सवै सम्बन्ध बनाईसकेकाे हुन्छ । तर पनि पगडिकाे ईज्जत् का लागि छुट्टयाउन सफल हुन्छ । मधेसमा दलित युवतीलाई लाई प्रेम बिवाहकाे विभिन्न प्रलोभन दिई गैर दलित युवाले दलित युवतीसँग प्रेम बिवाह गर्छन् । ईनिहरू विच श्रिमान श्रिमतिबिचकाे सवै सम्बन्ध भईसकेकाे हुन्छ । दलित जातकाे केटीलाई कसरी घरभित्र पस्न दिनु भनेर त्याे पनि पगडि काे सवाल छन भन्दै दलित युवतीलाई विच्चलित पारिन्छ । received_2794704847458875 त्यसतै मधेस का हरेक जिल्लामा भईरहेकाे छ । पगडिकै ईज्जत् का लागि सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर १२ का दलित युवती बिचल्ली मा परेकाे छ ।सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर १२ लटुराईका छाेरा मनाेहर कुमार राईले त्यहीँ वडाका सेाखिया चमार काे छारि बिमला कुमारी महरालाई बिवाह गर्छु भन्दै भारतमा २ दुई महिना सम्मराखे र परिवारकाे दबावपछि दलित युवतिलाई घर न घाट काे बनाए काे छ । साेखिया चमारले छाेरि विच्चलिमा परे पछि समाजका अगुवा लगायत जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि गुहार्दै छन तर कसैले अाफनाे बेदना सम्म सनेन् भन्छ पिडित साैखिया चमारले । अब मेराे छारिसँग कस्ले बिहेगर्छ दिनरात गुहार्छु कसैले सुनदिदैन ।त्यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर ४ का शुभनारायण राई अमात काे छाेरा अजय राई अमातले त्यहीँ वडाका रामउदगार महराकाे छारि कामना कुमारी महरालाई प्रेम विवाह गर्छु भन्दै एक हप्ता पहिला लगे तर दलित चमार काे छारि लाई कसरी घरभित्राउनु भन्दै छारिलाई फिर्ता लिनु भन्दै धम्की समेत दिईरहेकाे छ । अाफ्नाे छारिलाई लगिसकेकाेले कुनै हालतमा घर नल्याउने पक्षमा छन । त्यस्तै कल्याणपुर नगरपालिका वडा नम्बर १० का मण्डल थरका युवकले सखुवानानकटी गाउपालिका साेनिता महरालाई प्रेम बिवाह गरेर ३ महिना काठमाडौमा राखे पछि घर अाउदा मण्डल पक्षका घरपरिवारले दलित केटिलाई छुवाछूत काे कारणले घरजम गर्न नसक्ने भने पछि केटी लाई छाेडिसकेकाेले दलित युवती बिचलित छन । दलित अधिकार कर्मि तथा संयुक्त दलित माेर्चा कल्याणपुर सिरहाका संयाेजक संजय महराले दलित युवतिकाे शरीर चल्ने र जात किन नचल्ने भन्दै दुख ब्यत्त गरेकाे छ । जातिय छुवाछूत कै कारणले सयाै दलित युवतिहरू घर वार विहिन भएकाेले प्रशासन र सरकारले न्याय दिनु पर्ने बताउनु भयाे । नेपाल मा जातीय छुवाछूत मुत्त राष्ट्र घाेषणा भएपनि समाजमा लागू नभएकेाले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका छन ।दलित अधिकारकर्मी संजय महराले सम्बन्धित निकायले दलितलाई नन्याई नदिए समाजमा द्वन्द्व बढने समेत बताए छन त्यसैले समयमै समस्या समाधान गर्न तिनतहकाे सरकार सँग माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१