सिरहामा शारीरिक अपाङ्गता भएकालाई साहयक सामग्री सहयोग

  • मंसिर ३०, २०७७
  • १७८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३० , मंसिर सिरहाको गोलबजार नगरपालिकामा सोमबार शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि साहयक सामग्री वितरण गरेको छ । राज्यको सेवा सुबिधाबाट बन्चितिकरणमा परेका सदाय समुदायको उत्थान गर्न निरन्तर काम गर्दै आईरहेको धनुषा जिल्ला जनकपुरका जानकी महिला जागरण समाज संस्थाले उक्त सामग्री वितरण गरेको समाजका सिरहा जिल्ला संयोजक संतोष कर्णले जानकारी दिनुभयो । ब्रेकिङ्ग द बोन्ड्स कार्यक्रम अन्तर्गत Street Child of Nepal को आर्थिक सहयोगमा जिल्लाका विभिन्न स्थानीय तहका अपाङ्गता भएको ब्याक्तीलाई जिल्ला समन्वय समिती सिरहाका सभापति रामचन्द्र ठाकुर , संस्थाका प्रतिनिधि लगायत संचारकर्मिको रोहवरमा उक्त सामग्री हस्तान्तरण गरेको थियोे ।

अर्थोपेडिक जुत्ता १ जोरी, सिपि चेयर ३ वटा , अल्मुनियम स्टिक १ , ह्विल चेयर १ , ट्राई साईकल १ , बैशाखि १ , किर्तिम हात एक जना गरि ९ जनालाई साहयक सामग्री बितरण गरेको जानकी महिला जागरण समाज जनकपुरका कार्यक्रम व्यवस्थापक विष्णुकुमार भण्डारीले बताए । उनले भने - संस्थाको कार्यक्षेत्र भित्रका जीवन उपयोगी अनौपचारिक शिक्षा अध्ययन गरिरहेको मुसहर समुदायको किशोरी लगायत उनको परिवारलाई साहयक सामग्री बितरण गरेको छु ।, गरिबी र पौस्टिक आहारको कमिले अपाङ्गता भएको ब्यक्ति छनौट गरि सिरहाको धनगढीमाई नगरपालिका, नरहा गाउँपालिका , लहान नगरपालिका , कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिकाका नौ जना अपाङ्गता भएको लाई निशुल्क साहयक सामग्री बितरण गरेको व्यबस्थापक भण्डारीले बताए ।

यस अधि संस्थाले जिल्लाका १२ जना मुसहर समुदायलाई अँखा र कान सम्बन्धि समस्या भएकोले लहानको अँखा अस्पताल र सिरहाको बहिरा कान उपचार केन्द्रमा उपचारका लागि पठाएको थियो । यसैबिच आज मंसिर ३० गते सो संस्थाले धनुषामा १३ जना र भोलि महोत्तरीमा १७ जना शारीरिक अपाङ्गता भएका मुसहर समुदायलाई साहयक सामग्री बितरण गरिने संस्था कै परियोजना व्यबस्थापक हरि खनालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१