Siraha Times
ताजा समाचार

सिरहा प्रहरी द्वारा अबैधरुपमा लगाइएको गाँजा फडानी

  • मंसिर २९, २०७७
  • १७०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान मंसिर २९ गते।सिरहाको धनगदीमाई नगरपालिका-१४ गागन बाट सिरहा प्रहरी ले शनिबार करीब ४ हजार गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन। विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टी सिरहाबाट खटिएको गस्ती टोलि ले सिरहाको धनगढीमाई नगरपालिका-१४ गागन स्थित खेतबारी मा लगाएको अन्दाजी ८ कठ्ठा जग्गामा करीब ४ हजार गाँजा को बोटहरु फडानी गरी स्थानीय बासीको रहोवर मा प्रहरी ले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पजियारका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) पजियारले बताएका छ्न। नेपालमा एक किलो गाँजा १हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ। नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१