ताजा समाचार

सिरहा प्रहरी द्वारा अबैधरुपमा लगाइएको गाँजा फडानी

  • मंसिर २९, २०७७
  • १७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान मंसिर २९ गते।सिरहाको धनगदीमाई नगरपालिका-१४ गागन बाट सिरहा प्रहरी ले शनिबार करीब ४ हजार गाँजाको बिरुवा फडानि गरी नष्ट गरेका छन। विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टी सिरहाबाट खटिएको गस्ती टोलि ले सिरहाको धनगढीमाई नगरपालिका-१४ गागन स्थित खेतबारी मा लगाएको अन्दाजी ८ कठ्ठा जग्गामा करीब ४ हजार गाँजा को बोटहरु फडानी गरी स्थानीय बासीको रहोवर मा प्रहरी ले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पजियारका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिएसम्म जारी रहनेछ। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) पजियारले बताएका छ्न। नेपालमा एक किलो गाँजा १हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताइन्छ भने भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे पाइन्छ। नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤