Siraha Times
ताजा समाचार

सप्तरीको गोरगामामा अज्ञात समूहले गरे पिकअपमा आगजनी

  • मंसिर २७, २०७७
  • १८३४ पटक पढिएको
  • रामएकवाल राम
alt

२७ मंसिर सप्तरी ।सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आफ्नै घरअगाडि पार्किङ्ग गरी राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान आगजनी भएको मुखियाले बताएका छन् । आगजनीबाट भ्यानको अगाडीको भाग पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

 

पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । आगो स्थानियवासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१