सप्तरीको गोरगामामा अज्ञात समूहले गरे पिकअपमा आगजनी

  • मंसिर २७, २०७७
  • १७३७ पटक पढिएको
  • रामएकवाल राम
alt

२७ मंसिर सप्तरी ।सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आफ्नै घरअगाडि पार्किङ्ग गरी राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान आगजनी भएको मुखियाले बताएका छन् । आगजनीबाट भ्यानको अगाडीको भाग पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

 

पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । आगो स्थानियवासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१