Siraha Times
ताजा समाचार

सगरमाथाको नयाँ उचाइ ८ हजार ८४८.८६ मिटर

  • मंसिर २३, २०७७
  • ६७९ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ । सगरमाथाको नयाँ उचाई ८हजार ८४८.८६ मिटर  कायम भएको छ । पछिल्लो सर्भेबाट सगरमाथाको उचाइ ८६ सेण्टिमिटर बढेको छ । नेपाल र चीनका तर्फबाट नापी भएको सगरमाथाको नयाँ उचाई नापी विभागले मंगलबार औपचारीक रुपमा सार्वजनिक गरेको हो । 

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ वीले संयुक्त रुपमा सगरमाथाको नयाँ आधिकारीक उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनका क्रममा विभागले सन् २०१७ देखि २०१८ का बीचमा भएको सर्भेका सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी गराएको थियो । त्यस्तै चिनियाँ नापी विभागले पनि आफ्नो तर्फबाट भएका कामबारे जानकारी गराएको थियो । 

दुई देशबीच भएका उच्चस्तरीय भ्रमणका क्रममा भएको संयुक्त नापी सम्बन्धी सम्झौताका आधारमा नयाँ नापी गरिएको जोशीले जानकारी दिए । सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र वाचन गरेर सुनाएका थिए । सम्बोधनमा राष्ट्रपति भण्डारीले संयुक्त घोषणाबाट नेपाल र चीनबीचको मित्रता र सहकार्य नयाँ युगमा प्रवेश गर्ने विश्वास ब्यक्त गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१