Siraha Times
ताजा समाचार

कलिलो उमेरमा बुवा गुमाईएको सोनार परिवारलाई आर्थिक सहयोग

  • मंसिर १८, २०७७
  • २८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया धनुषा,मंसिर १८ गते । नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम र कुरथा योंङगेस्ट (KYT)को संयुक्त पहलमा बिहिवार आर्थिक सहयोग हस्तान्तरण गरेका छन । कलिलो उमेरमा नै आफ्नो बुवा गुमाएका धिरज साह सोनार लाई २६,५००/- नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम धनुषाका उपाध्यक्ष रजनिश साह द्वारा हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था पुरा दयनिय हुदा दुई संस्थाले आर्थिक सहयोग गरेको शाहले बताएका छन । सानो आर्थिक सहयोग भएपनि बुवाको क्रिया खर्चले अलि टेवा पुग्ने आशले रकम हस्तान्तरण गरेको उनको भनाई रहेको छ ।कष्टमा परेका मानिसको सेवा गर्नु, सुख पु¥याउनु नै धर्म हो भन्ने अभिप्रायले सहयोग गरेको उनको धारणा छ । उनले भने भगवानले सपन्नता प्रदान गरेको छ, प्रचुर धन दिएको छ, सबै प्रकारको सुविधाबाट युक्त बनाएको छ भने दीन–हीन, अनाथ, रोगी, दुःखी व्यक्तिलाई मन खोलेर सहायता गर्नुपर्छ। सहयोगीहरुमा अर्जुन मिश्र , रजनिश साह ,रवि नायक,ललन कुमार नायक, मुना प्रधान तथा सम्पूर्ण NBWDF धनुषा परिवार र KYT परिवार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१