कल्याणपुर न.पा.भित्रका सवै अपाङ्गलाई ह्विलचेयर वितरण गर्छु ःप्र.प्र.अधिकृत दास

  • मंसिर १८, २०७७
  • १२४८ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
सिरहा ÷१८ मंसिर, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा २९ औ अपाङ्ग दिवस भव्यताका साथ मनाएका छन । कल्याणपुर नगरपालिकाबाट सुरु भएको रयालि गरि कल्याणपुरबजार परिक्रममा गरेर नगरपालिकाको प्राङ्गणमा समापन गरिएको हो । अपाङ्ग दिवस कल्याणपुर नगरपालिकाको आयोजना गरिएको थियो । सो कार्यक्रममा नगरभित्रका सयौंअपाङ्गहरुको सहभागिता समेत रहेको थियो । कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्ग भएका व्यक्तिहरुको पहँुच र दीगो विकासको लागि हामी सवैको प्रतिवद्धता नारा सहितको ब्यानरमा नगरपरिक्रमा गरेको थियो ।
२९ औँ अपाङ्ग दिवसको अवसरमा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासले अपाङ्गहरुको समस्या प्रति गम्भीर रहेको बताउनु भयो । अधिकृतजयप्रसाद दासले यस कल्याणपुर नगरपालिका भित्रमा रहेको सवै अपाङ्गहरुलाई अपाङ्ग दिवसकै दिन ह्वीलचेयर वितरण कार्यक्रम रहेपनि कुनै कारणबस गर्न नसकेपनि अपाङ्गहरुलाई चाडो ह्वििलचेयर वितरण गर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत जयप्रसाद दासले कल्याणपुर नगरपालिका भित्रका अपाङ्गहरुलाई कुनै प्रकारको समस्या भए हामिसँग समन्वय गर्न समेत अनुरोध गरेको छ । अधिकृत जयप्रसाद दासले अपाङ्गहरुको सर्वाङ्गीक विकासका लागि अगामी आ.व.मा समेत योजनाहरु समावेस गरिने प्रतिवद्धता समेत जाहेर गरेको छ । २९ औँ अपाङ्ग दीवस कार्यक्रममा कल्याणपुर नगरपालिकाभित्रका सयौं अपाङ्गहरुको समेत सहभागितारहेको थियो । कल्याणपुर नगरपालिकाका महिला विकास शाखाका प्रमुख रंजु कर्ण, रामदुलारी मा.वि.कल्याणपुरका प्र.अ. लालदेव साह, तथा कल्याणपुर नगरपालिकाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१