श्री सृजनशील समुदायक सिकाइ केन्द्र लहान उपप्रमुख चौधरी बाट उधघाटन

  • मंसिर १७, २०७७
  • १३४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आज सिराहाको लहान नगरपालिका वडा नं.२१ खोरयानिटोल बेतहा स्थित श्री सृजनशील सामुदायिक सिलाइ केन्द्र को नयाँ भवनको उदघाटन तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नयाँ भवनको उदघाटन र भवन हस्तान्तरण संगै संस्थाको १२ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको अध्यक्ष राजलाल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिका उपमेयर सरियार कुमारी चौधरी ,विशिष्ट अतिथिमा लहान नगरपालिका वडा नं.२१ का वडा अध्यक्ष हेमन्त कुमार यादव ,अतिथिहरु अधिवता कमल यादव ,ने.क.पा .पुर्व क्षेत्रीय अध्यक्ष वद्री यादव यादव ,आधारभूत प्रा.वि.मोतिपुर प्र.अ.शत्रुधन यादव ,संस्थाका वरिष्ट सदस्य प्रयागलाल यादव ,लगायत रेडियो सरगम ९३मेघाहर्जका सामाचार वाचक लालाबिहारी यादव र रेडियो कर्मी शियाराम यादवको उपस्थिति थियो। त्यस्तै कार्यक्रम संचालक तथा संस्थाका प्रमोद कुमार यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरियो भने मैन्वती जलाई व्यानर देखाएर प्रमुख अतिथि उपमेयर सरियार कुमारी चौधरीले कार्यक्रमको उदघाटन गरेकी थिइन्। त्यस्तै संस्थाका अध्यक्ष राजलाल यादव यादवले प्रमुख अतिथि सरियार चोधरी विशिस्ट अतिथि हेमन्त कुमार यादव ,अतिथि कमल यादवलाइ दोसल्ला ओढाएर सम्मान पनि गरेका छन् भने संस्थाको सदस्य पनि दोसल्लाले समानित भएकी छिन। लहान नगरपालिका २१मा भवन रहेपनि यस सिकाइकेन्द्रको एरिया मोतिपुर ,मलाहनामा ,खोरियाटोल,वेतहा ,तिलेवाना रहेको र यसलाई सिकाइ मा राम्रो प्रभाव जमाएको शिक्षक तथा उदघोसक प्रमोद कुमार यादवले वकतव्यको क्रममा भनेका छन्। विशिस्ट अतिथिको आसनवाट बिल्दै वडा अध्यक्ष हेमन्त कुमार यादवले लहान नगरपालिकाको वडाहरुमध्ये तिन गुनाभन्दा ठुलो यस वडामा दलित जनासेरव्या वढी रहेको र यो वडाको दुर्गम थाउको रुपमा रहेको खोरियाटोल वेतहासम्म ग्रावेल सडक निर्माण कार्यको लागि आगामी वजेट बिनियोजनमा प्रमुख अतिथि चौधरी मार्फत नगरपालिका लाइ ध्यानाकर्षण गराउनुभयो। साथै वडा अध्यक्ष हेमन्त यादवले सामुदायिक विधालयको शैक्षिक गुणस्तर रहर हुदाहुदै जिम्मेवारी नभएकोले नगरपालिका प्रति दु:ख व्यक्त गर्नुभयो। त्यस्तै वक्तव्यकै क्रममा प्रमुख अतिथि चौधरीले लहान नगरपालिका अन्तर्गतका सम्पूर्ण वडामा ग्रावेल सडक निर्माण गर्ने वडाकै निर्णय भएको जानकारीक गराउनुभयो। कार्यक्रममा संस्थाका पदाधिकारीहरु लाइ तथा सिलाइ कटाई सिकेकाहरु लाइ प्रमनाप्रत्र वितरण गरिएको सरगम सहकर्मी शियाराम यादवले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१