ताजा समाचार

विज्ञानलाई चुनाैति दिदै भुत मेला शुरू

  • मंसिर १४, २०७७
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा /सिरहा, मंसिर १५ गते, साेमबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्। धनुषा र सिरहा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन्। सिरहाका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन्। कमला नदीमा स्नान गरेपछि धाँमीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नका लागि गाउँघरबाट आज ठूलो सङ्ख्यामा मानिसहरु बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्। कार्तिक पूर्णिमा आज परेको भएपनि सर्वसाधारण बिहीबारदेखि नै स्नान गर्नका लागि कमला नदीको वरिपरि सिरहाको चतरि । चिकनामा आएर बास बसेको थियो। कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासीले बताए। भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्।

मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ। स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤