मन्दीर भित्र साधुँ बाबाको यौनधन्दा ! भिडियो सहित

  • मंसिर ११, २०७७
  • ३३४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ११ गते मंसिर । धर्मावलम्बीहरुको लागि ठुलो आस्थाको केन्द्र मानिएको छ । मन्दिरमा भगवानको बास हुने धारणा विश्वव्यापी छ । मन्दिर जस्तो क्षेत्र अति धार्मिक, पवित्र र अध्यात्मीक मानिन्छ । तर, प्रदेश नं. २ को एक जिल्लाको एक मन्दिर भित्रै यौन धन्दा चल्दै आएको कुरा सुन्दा मन तातिएर आउनु पनि स्वभाविक हो । भारतमा बाबा राम रहिम नामक व्यक्तिले धर्मको नाममा यौन शोषण गर्दै आएको प्रमाण सहित खुलेपछि अहिले जेलमा छ । stतर, प्रदेश नं. २ को सिरहा जिल्लामा अति पवित्र र हिन्दुहरुको आस्थाको केन्द्र मानिएको मन्दिरभित्रै यौन धन्दा, यौन व्यापार त्यो पनि साधुबाटै सँचालनमा रहेको कुरा अपत्यारिलो लाग्न सक्छ, सिरहाको कर्जन्हा नगरपालिकाको वस्तीपुर -४ स्थित रहेको एक मन्दिरका बाबाजी (महन्थ) ले मन्दिर भित्रै यौन धन्दा सँचालन गरेको छ । मन्दिरभित्र गएर मन्दिरका महन्थ (साधु) राम दयाल दास (राम दयाल राई) ले भर्खरकी किशोरीको सम्बन्धमा प्रष्टै कुरा गरेको देखिएको छ ।

अपरेशनको क्रममा मन्दिरका साधुले अहिले किशोरीसँग अर्को ग्राहक गएको भन्दै हाम्रा सहकर्मीलाई केही बेर प्रतिक्षा गर्नको लागि भन्दै गरेको छ । stत्यसअघि उनलाई हाम्रा सहकर्मीले–“केटी देखाउनुस न कस्तो छ हेरौं, साथी आएको छ विराटनगरबाट, उसलाई चाहिएको छ, एक रातको कति र अहिलेको लागि मात्र कति लिनुहुन्छ ? साधुले जवाफ फर्काउँछन्–“एक फूल नाईटको लागि ८ हजार रुपैयाँ लाग्छ, एक चोटीको लागि २ हजार लाग्छ ।” अँध्यारो भएको बेलामा मन्दिर (कुटी) मा प्रवेश गर्ने वित्तिकै साधुहरु गाँजा खाएको देखिन्छ ।

यद्यपी, मठ मन्दिरमा प्रतिबन्धित गाँजा साधुसन्तहरुले बिना रोकटोकको सेवन गर्छन । अपरेशनको क्रममा केटी (माल–यौनधन्दामा प्रयोग गरिने असभ्य खाले भाषा) देखाउन भनेपछि मन्दिरका बाबा दासले उनलाई अहिले किशोरीसँग अर्कै ग्राहक गएको भनेर उनलाई प्रतीक्षा गर्न भनेर बस्न लगाउँछन् । stसो क्रममा उनले अहिले मन्दिर भित्र यौन प्यास मेटाउन आउने ग्राहक किशोरीसँग व्यस्त भएको भन्दै अर्को किशोरीलाई केही बेरमा देखाउन लग्छन् ।

त्यो किशोरी रिसाहा पारामा कुरा गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । त्यसपछि हाम्रा सहकर्मी अझै प्रश्नहरु गर्न थालेपछि मन्दिरका बाबा रिसाउँछन् । उनले नरिसाउन आग्रह गर्दै अर्का ग्राहक व्यस्त भएको जनाउँदै बिहानपल्ट आउन भन्छन् । त्यतिबेला मन्दिरमा रहेका अन्य साधुहरुलाई यौनधन्दाबारे थाहा भएको नभएको बारे सोध्दा उनीहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिन्छन् ।

मन्दिरमा दिनहुँ आधा दर्जन व्यक्तिहरु यौन प्यास मेटाउन जाने गरेको स्थानीय एक महिलाले नाम नखोल्ने शर्तमा बताइन् । उनले दैनिक रुपमा युवाहरु आवतजावत गरेको बारे खोज्दै जाँदा केही किशोरी, युवति र विवाहित युवति पनि मन्दिरभित्रै यौनधन्दामा लागेको खुलाइन् । मन्दिरका बाबा रामदयाल दास (राई) ले यौनधन्दाको लागी आउने गरेकी युवतिसँग सम्पर्क गरी सिरहाको कल्याणपुर बजारमै ग्राहक भेटन भन्दैछन् । बाबाजीले फोनमा ती युवतिसँग सिरहाको कल्याणपुर बजारमा ग्राहकलाई भेटेर मन्दिरमै आएर गर्दा नि हुने भन्दैछन् ।

फोनमा उनले ग्राहकसँग ७ हजार ५ सयमा कुरा मिलाएको भन्दै उनलाई भेटन भन्दैछन् । साधुले भन्दैछन्–“म ग्राहकलाई ८ हजार भनेको थिए, ५ सय रुपैयाँ डिस्काउण्ट गराएको छ । st७ हजार ५ सयमा कुरा मिलाएको छु । गएपछि भेटने र काम गर्ने । तिम्रो पैसा तिमि आएपछि यहाँ दिहाल्छु ।”सोही क्रममा साधुले युवतिको शरिरको खुवै चर्चा गरेका छन् । उनले युवति विवाहित भएपनि सुन्दर, मा…. छ भनेर भन्ने गरेको सुन्न सकिन्छ ।

मन्दिरका साधुले यतिसम्म भन्नु भनेको मन्दिर भित्रै यौनधन्दा सँचालन रहेको पुष्टि भिडियोबाट गर्न सकिन्छ । साधुसँगको मन्दिरमा स्टीँग अपरेशन गरेपछि हाम्रो अपरेशनल टिम साधुले दिएर पठाएको युवतिको नम्बरमा सम्पर्क गर्दै युवतिसँग भेटन कल्याणपुर बजार जान्छन् । त्यहाँ साधुको सम्पर्कमा बसेकी युवतिले हाम्रो टिमलाई ३० मिनेट जति प्रतिक्षा गर्न भन्छिन् । stयसरी हेर्दा मन्दिरका पूजारी (साधु, महन्थ) राम दयाल राई उर्फ राम दयाल दासले मन्दिरभित्रै यौन व्यावसाय सँचालन गरी हिन्दु धर्मको आस्थाको केन्द्र पवित्र स्थानको प्रतिष्ठालाई मात्र होईन यस्ता साधु सन्त उपरको विश्वास पनि घटाएको छ ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकामा SE ...

रहमुल लहान, अषाढ २८ । सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा २०८१ सा ...

बरियारपट्टी वडा नं. ...

ओम प्रकाश यादव, लहान अषाढ २७ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा आ.व. २०८१/८२ को ...

श्री मावि पडरिया थार ...

ओम प्रकाश यादव, लहान, असार २७ । शिक्षा क्षेत्रमा प्रविधिमैत्री र नविनतम अभ्यासलाई आत्मसात गर्ने क्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१