सिरहामा लैङ्गिक हिंसा विरुद्ध १६ दिवसिय अभियान सुरु

  • मंसिर ११, २०७७
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ११ मंसिर लहान । मौनता तोडौं बालात्कार र लैगिंक हिंसा बिरुद्ध बोलौ सहितको २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र सिरहा जिल्लामा महिला, किशारी तथा बालिका हिंसाको घट्ना अवश्था विषयक पत्रकार सम्मेलन सम्पन्न भएको छ । ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहा र महिला मानव अधिकार रक्षक संजाल सिरहाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” नाराका साथ सुरु भएको १६ दिवसिय अभियानमा गरिने कार्यक्रम सार्वजनिकिकरण र सिरहा जिल्लामा महिला माथि भएको हिंसाका घटनाका तथ्यांक ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान र मुक्ति नेपालले सार्वजनिक गरेको थियो । ओरेक नेपालकी केन्द्रिय सदस्य एवं मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्लाका संचारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो । ओरेक नेपाल सिरहाको वार्षिक अभिलेखिकरण अनुसार २०२० जनवरी १ देखि नोभेम्बर २२ सम्ममा १८८ वटामहिला माथि भएको हिंसाका घटना र ९४ वटा लैंगिक हिंसा भएको ओरेक नेपलकी परियोजना संयोजक सर्मिला निरौलाले प्रतिवेदनबाट जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१