Siraha Times
ताजा समाचार

सिरहामा लैङ्गिक हिंसा विरुद्ध १६ दिवसिय अभियान सुरु

  • मंसिर ११, २०७७
  • १०४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ११ मंसिर लहान । मौनता तोडौं बालात्कार र लैगिंक हिंसा बिरुद्ध बोलौ सहितको २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र सिरहा जिल्लामा महिला, किशारी तथा बालिका हिंसाको घट्ना अवश्था विषयक पत्रकार सम्मेलन सम्पन्न भएको छ । ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहा र महिला मानव अधिकार रक्षक संजाल सिरहाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” नाराका साथ सुरु भएको १६ दिवसिय अभियानमा गरिने कार्यक्रम सार्वजनिकिकरण र सिरहा जिल्लामा महिला माथि भएको हिंसाका घटनाका तथ्यांक ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान र मुक्ति नेपालले सार्वजनिक गरेको थियो । ओरेक नेपालकी केन्द्रिय सदस्य एवं मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्लाका संचारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो । ओरेक नेपाल सिरहाको वार्षिक अभिलेखिकरण अनुसार २०२० जनवरी १ देखि नोभेम्बर २२ सम्ममा १८८ वटामहिला माथि भएको हिंसाका घटना र ९४ वटा लैंगिक हिंसा भएको ओरेक नेपलकी परियोजना संयोजक सर्मिला निरौलाले प्रतिवेदनबाट जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१