Siraha Times
ताजा समाचार

एनआरएनए कतारद्वारा थप १४ पीडित नेपाली श्रमिकलाई हवाई टिकट सहयोग

  • मंसिर ९, २०७७
  • १७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) ०९ मंसिर । टिकट खरीद गर्न नसकेर स्वदेस फर्किन नसकी अलपत्र परेका थप १४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट सहयोग मिलेको छ । कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा थप १४ जना नेपाली कामदारलाई हवाई टिकट सहयोग गरेको छ।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोभेम्बरका दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना-बस्न ब्यवस्थापनमा बसिरहेका ३ जना चेलिहरू ऊमा खड़का- महोत्तरी, लक्ष्मी कुनवार- सल्यान र नीरा दरलामी- रौतहट, रहेका छ्न ।

त्येसैगरि ७ सेप्टेम्बर २०२० का दिन लामो समय देखी हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका नारायण भण्डारी - लमजुङ, १२ अक्टोबर का दिन हरि सरन मिजार-काभ्रे, केशव कुमार कार्की- इलाम, १६ अक्टोबर २०२० का दिन गजेन तामाङ्ग- नुवाकोट, पुर्सोत्तम पासवान- सिरहा, सुसमा लेपचा - ईलाम, मदन तिमिल्सिना- मकवानपुर, होमबहादुर कार्की - सिरहा, राज कुमार कपार - महोत्तरि, ४ नोवेम्बर २०२० का दिन हरि बहादुर विश्वकर्मा- पर्बत, पूर्ण बहादुर बिके- पर्बत लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानाकारी गराए ।

साथै चौथो चरण सम्म ३० र पाचौं चरणमा १४ गरि अहिले सम्म ४४ जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग उपलब्ध गराएको र बाकीलाई पनि छिट्टै सहयोग गर्ने प्रक्रियामा रहेको जानाकारी अध्यक्ष मुसलमानले बताए I

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य प्रती पनि उनले आभार प्रकट गरे ।

मधेश मिडिया 1

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१