मुख्यमन्त्री राउत द्वारा छठ पर्वको शुभकामना

  • मंसिर ५, २०७७
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाईम्स जनकपुरधाम- महापर्व छठ पर्वको अवसरमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले एक विज्ञप्ती जारी गर्दै लाेक आस्थाको महापर्व छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बी एवं प्रदेशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको गर्नुभएको छ । साथै मुख्यमन्त्री राउतले विश्व सहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वस्थ्य सतर्कता अपनाइ लोकआस्थाको महापर्व छठ हर्षोलास पूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपील गर्नुभएको छ । विज्ञप्ती मार्फत प्रदेश सरकार स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा २ दिन षष्ठि र सप्तमी तिथिमा विदा दिने गरेको र यस वर्ष पनि २ दिन शुक्रवार र शनिवार सार्वजनिक विदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरि सकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१