फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न

सिरहामा फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न

  • मंसिर ४, २०७७
  • १८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ मंसिर - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहा मा कार्तिक २५ गते मंगलवार बाट खेलकुद प्रतियोगिता सुरु भएको थियो। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा–३ पोर्ताहाको संयुक्त आयोजना र काङ्ग्रेस नेता गोपाल कृष्ण यादवको संयोजनमा शान्ति पुर्ण तरिकाले फाईनल खेल सम्पन्न भएको छ्। पकडियागड फुटबल टिम लहान १८ र बलान फुटबल टिम ४ सिमराहा बीच फाईनल खेल सम्पन्न भएको छ् । अमहि भर्सेज सिमराहा भएको खेलमा २-० को साथ अमहि बिजय भएको आयोजकले जानकारी दिनु भयो । बिजय भएको टिमलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरी धन्यवाद दिएका थिए।पहिलो गोल राकेश सिंह ले गरेका थिए भने दोश्रो गोल प्रमान्द सिंह ले गरेका थिए । २ गोलले अमहि टिम बिजय भएको थियो ।

नेपाली काङ्गेसकाका जिल्ला सभापती एवं पुर्व सांमसद रामचन्द्र यादव खेलको समापन कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै खेल ले हाम्रो जिबनमा शक्ति प्रदान गर्द छ । खेलको कला प्रति आफु प्रभावित भएको बताए । नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्य नारायण यादव भन्छन् । खेल जिबनमा शारीरिक रुपले लाभ दाई हो । खेललाई प्रेरणा दाईको रूपमा लैजानु पर्छ बताए ।

नेपाली काङ्ग्रेसका नेता तथा सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य तपेश्वर महतो ले भने खेलकुद स्वास्थ्यको लागि धेरै फाईदा दाई यो यसलाई यसलाई श्रमिक र ब्यबसाय रूपमा अगाडि बढाउन आग्रह गरेका थिए । अतिथिहरुमा हमिम राईन , राम बिलास यादव , राम कृष्ण साह , लगायत हजारौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

हिजो भएको खेलमा भवनी युथ कल्व भवानिपुर सिरहा टिम विजय भएको छ । खेलको निर्धारित समयमा प्रतिस्प्रधी सहभागी कुनै टिमले गोल गर्न नसकेपछी प्लान्टिमा भवानिपुर टीमलेले विजय हासिल गरेको नेता गोपालकृष्ण यादवले जनकारी दिनुभयो । प्लान्टिमा भवानिपुर – ५ र हर्दिया – ४ गोलको अन्तरले भवानिपुर टिम विजय भएको थियो ।

पहिलो दिनको खेलमा भवानिपुरका सुमन मगरले म्यान अफ द म्याच घोषित भएका थिए । उक्त खेलमा ८ वटा टिमको सहभागिता रहेको काङ्ग्रेस गोपाल कृष्ण यादव ले बताए। प्रथम पुरस्कारमा नगद रु २१ हजार नगद र द्धितिय पुरस्कार १२ हजार नगद, सिल्ड प्रमाणपत्र मेडल लगायतको सुविधा टिमका खेलाडीलाई प्रदान गरेको आयोजकले जानकारी दिनु भयो।

सहभागि टिमहरुले आयोजकले बनाएको निति नियममा खेल खेल्नुपर्ने उनले बताए । साथै अतिथिहरुले एक आपसमा छठ पर्वको अवसरमा शुभकामना आदान - प्रदान गरेको थियो । स्थानीय नेता खेलको संयोजक कर्ता गोपाल कृष्ण यादवको अनुसार कुलतमा लागेका गाउँका युवाहरुलाई खेलको माध्यम बाट सुधारन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१