Siraha Times
ताजा समाचार

सिरहाबाट अबैध लागू औषध सहित दुई जना पक्राउ

  • मंसिर ३, २०७७
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा मंसिर ३ । सिरहामा सशस्त्र प्रहरी बल माडर खैरटोकाले अबैध लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । सिरहा नगरपालिका -१७ लच्का दशगजा ईलाकामा भातरबाट नेपाल आउदै गरेको सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. २ बस्ने मनोज कुमार ठाकुर र भारतको मधुवनी जिल्ला बेल्हीपुर्वी ग्रामपंचायत ८ बेतौना बस्ने बब्लु कुमार दासलाई शंका लागी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखेको १०० ml को Codeine phosphate & Chlorpheniramine Maleate लागुऔषध ३० बोतल, नाईट्रोभेट ट्यावलेट १५ गोटा, कलर्स कम्पनिको मोवाइल एक थान र नगद एक सय रुपैयासहित सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरबाट खटिएको सशस्त्र प्रहरी सहायक निरिक्षक श्यामबाबु यादवको सीमा डिउटी टोलीले पक्राउ गरेका छन । पक्राउ परेका दुवैजनालाई लागु औषध सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय माडरमा बुझाइएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक अजुर्न कुवरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१