सातौ पटक विहारको मुख्य मन्त्रीमा नितिशद्वारा सपथ ग्रहण

  • मंसिर २, २०७७
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी - नीतीश कुमारले सोमवार साँझ ७ औं पटक भारत विहार राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । राजभवनमा राज्यपाल फागू चौहानले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री नीतीश कुमारसँगै १४ जना मन्त्रीहरुले समेत सपथ ग्रहण गरेका छन् । बीजेपी कोटाबाट ७, जेडीयू कोटाबाट ५ वीआईपीको कोटाबाट एक एक मन्त्रीले सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा गृह मन्त्री अमित शाह र बीजेपी अध्यक्ष जेपी नड्डा समेत उपस्थित थिए । सपथ ग्रहण समारोहलाई कांग्रेस र आरजेडीले वहिष्कार गरेका छन् । नीतीश कुमारसँगै राज्यपाल फागू चौहानले तारकिशोर प्रसाद र रेणु देवीलाई उपमुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् । बीजेपी नेता तारकिशोर प्रसाद कटिहारबाट विधायक चुनिएका छन् भने रेणु देवी बेतिया विधानसभा सीटबाट निर्वार्चित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१