Siraha Times
ताजा समाचार

कोरोना कहरको बिचमा भाईटिकाको रौनक

  • मंसिर १, २०७७
  • १०९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा( कतार)०१ मंसिर नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका हाे । तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाईटीका तिहारको अन्तिम दिन हो । आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । कोरोनाको कारणले विगतको बर्षहरुमा जस्तो यसपालीकाे दशैं तिहार मनाउने अवस्था नभए पनि आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले सावधानी अपनाएर भाईटीका मनाएका छन् ।

आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले भने नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ । भाइटीका पर्व नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । दाजुभाइ दिदीबहिनीहरु काे सम्बन्धलाई अझै राम्रो बनाउनका लागि भाईटिका मनाइन्छ । भाईटीका को दिन दिदीबहिनीले आ-आफ्ना दाजुभाइलाई शुस्वास्य , दिर्घायु , उत्तराेत्तर प्रगति एवम् हरेक इच्छाहरु पूरा हुदै जाउन भनी कामना गर्दै टीका लगाएर मनाउने गर्छन् । भाइटिका काे दिन मिठाे मिठाे परिकार काे खाना बनाएर खाने , मिठाइ र फारा खुवाउने परम्परा रहेको छ ।

दाजुभाइलाई टीका लगाउने , मिठाइ खुवाउने र माला पनि पहिराउने परम्परा रहेको पाइन्छ । मंसिर १ गते साेमवार का दिन भाइटिका , गाेवर्धन पुजा , नेपाल सम्वत ११४१ प्रारम्भ , अन्तर्राष्ट्रिय सहनशीलता दिवस र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस पनि आजै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१