Siraha Times
ताजा समाचार

श्री सल्हेश एकता मञ्च नेपाल(कतार शाखा ) को नयाँ कार्यसमिति एव शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न ।

  • कार्तिक २९, २०७७
  • १५५४ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम,दोहा (कतार)२९ कार्तिक ।दलित समुदायका युवाहरुद्वारा गठित श्री सल्हेश एकता मंच नेपाल कतार शाखाको नयाँ कार्यसमिति गठन एव शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।
दोहाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा उक्त कार्यक्रममा उपस्थित सबैको सर्व सहमतिबाट यस प्रकारको नयाँ कार्यसमिति चयन गरिएका छन।
(१)अध्यक्ष - दुर्गानन्द पासवान
(२) उपाध्यक्षमा - राधेश्याम पासवान
(३)सचिव- रामएकवाल राम
(४)उप सचिव - बिष्णु पासवान
(५)कोषाध्यक्ष -घनश्याम पासवान
(६)प्रमुख सल्लाहकार - विजय पासवान
(७)विशिस्ट सल्लाहकार - रामकुमार सदाय
(८)विशिस्ट सल्लाहकार -शंकर पासवान
(९)सल्लाहकार -संजय पासवान
(१०)सल्लाहकार -शम्भु पासवान
सक्रिय सदस्यहरुमा-
ओपेन्द्र पासवान , प्रमोद पासवान ,रामउदगार राम ,शिव कुमार पासवान , रासिन्द्र पासवान ,रामभगत साह ,दिलिप शर्मा ,धनराज पासवान ,पप्पु पासवान , देवेन्द्र शर्मा ,विजय पासवान शिवकुमार पासवान लाई चयन गरेका छन।मञ्चका संस्थापक एवं कतार शाखाका अध्यक्ष समेत रहनु भएका श्री दुर्गानन्द पासवान ज्यू बोल्दै भन्नू भयो अब हामी सबै दलितहरु मिलेर अगाडि बढ्नु पर्छ ।सम्पूर्ण दलितहरूको एकता आजको आवश्यकता र भेदभाव मुक्त समाजको निर्माणका लागि समेत आग्रह गर्नु भयो। अहिले एकाईसौ सताब्दीमा पनि हामि नेपाली समाजमा कुकुरलाई समान र हामी दलितहरुलाई अपमान गरिरहेको भन्दै यस्ता विकृतिहरुलाई जरै देखि हटाउनुपर्छ भन्दै सम्पूर्ण नव पदाधिकारीहरुलाई बधाई एव सफल कार्यकालको कामना सहित दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।
हामी प्रवासमा भए पनि आफ्नो धर्म संस्कृतीलाई जोगाउनु पर्छ भन्दै मन्चका कोषाध्यक्ष घनश्याम पासवानले आफ्नो शुभकामना व्यक्त गर्नु भयो।

हिन्दु धर्मावलम्बीलेहरुले मनाउने महान पर्व दिपावली तथा छ्ठ पर्वको अवसरमा मञ्चका प्रमुख सल्लाहकार विजय पासवानले शुभकामना व्यक्त गर्नु भयो। विभिन्न कम्पनीबाट आएका कार्यक्रममा उपस्थित २५ जनाको सहभागीता उक्त कार्यक्रममा एक आपसमा आ - आफ्नो शुभकामना अदान प्रदान व्यक्त गरेको मञ्चका सल्लाहकार संजय पासवानले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१