दलित समुदायले विभेदको विरुद्ध संगठितभई आवाज उठाउनु हुनुपर्छ ः राज्य मन्त्री मण्डल

  • कार्तिक २८, २०७७
  • १२१५ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
सिरहा÷कार्तिक २७ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ स्थित संयुक्त दलित मोर्चा कल्याणपुर न.पा. द्धारा आयोजित शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा चियापान तथा दलित समस्या र समाधानका बिषयमा अन्तरकृया कार्यक्रम मा उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ुखु का प्रदेश सांसद समेत रहेको सुरेश मण्डल कार्यक्रमको प्रमुख आतिथ्यको रुपामाबोल्दै दलितहरु विभेदको विरुद्ध संगठीत भई आवाज उठाउनु पर्छ बताउनु भयो । राज्य मन्त्री मण्डलले राज्यको हरेक अङ्गमा दलित समाुदायमाथि विभेद लादिएकोले आफनो हक अधिकारकालागि आवाज बुलंदगर्न ढिला नर्गन समेत सुझाएको छ । राज्य मन्त्री मण्डलले आफु सदैव दलित, गरिव, असहायको पक्षधर रहेकोले दलित आन्दोलनको पक्षमा रहने प्रतिबद्धता समेत गरेको हो । राज्यमन्त्री मण्डलले संयुक्त दलित मोर्चा कल्याणपुर न.पा.द्धारा सिरहा जिल्लाको कल्याणपुर नगरपालीका को १२ वटै वडमा गरिने दलित समस्या र समाधानको विषयमा गरिने बहस कार्यक्रमको समेत प्रारम्भ गरेको हो ।
संयुक्त दलित मोर्चा कल्याणपुर न.पा. वडा नम्बर १ एक मा गरिएको कार्यक्रममा संयुक्त दलित मोर्चा कल्याणपुरका संजय महराले दलितहरुको समस्या समाधानको लागि हरेक व्यक्तिले आवाज उठाउनपर्ने बताउनु भयो । जनता समाजबादी पार्टीका कल्याणपुर नगरसमितीका नेता रामलोचन ठाकुर(स्वामी बाबा) दलित समुदायको हक अधिकारका लागि सदैव तत्पर रहने बताउनुभयो । कार्यक्रममा कल्याणपुर नगरकार्यपालिका सदस्य कपलेश्वर मुखीया, दलित नेता रामभजन मण्डल (खत्व), कल्याणपुर वडा नःं ५ का वडा अध्यक्ष दिपेन्द्र यादव बरबरीया, दलित अगुवा दिनेश मल्लिक, संजय पासमान लगायतले मन्तव्य राखेको थियो । कार्यक्रममा कल्याणपुर न.पा.वडा नंः १ का दलित महिला वडा सदस्य सोगार्थी देवी पासमानको अध्यक्षता कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१