Siraha Times
ताजा समाचार

राज्यमन्त्री मण्डलद्धारा डोमसमुदायकोघर शिलान्यास

  • कार्तिक २३, २०७७
  • १२५२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷कार्तिक २३ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित दलित आवास घर कार्यक्रम अन्तरगत उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ुखु का प्रदेश सांसद समेत रहेको सुरेश मण्डलले दलित भित्रका अति विपन्न डोम समुदायको घर निमाणर््ाका लागि सिलान्याँस गरेको हो ।
माननिय मन्त्री सुरेश मण्डलको संसदीय क्षेत्र भित्रसमेत रहेको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित एक कार्यक्रम गरि डोम समुदायको घर सिलान्याँस गरेको हो । प्रदेश नम्बर दुईमा दलित समुदायकोलािग जनता आवास कार्यक्रम आठवटै जिल्लामा आवास निर्माण सुरु भईरहेको छ । सिरहा क्षेत्र नम्बर ४ ख मा ५८ जना डोम समुदायको घर निमार्ण गरिने राज्य मन्त्री मण्डलले जानकारि दिनुभएको हो । मन्त्री मण्डले सिरहा जिल्ला भित्र जनता आवास कार्यक्रम अन्र्तगत ४१० वटा दलितको घर निमार्ण हुन बताउनु भयो । कल्याणपुर नगरपालिका वडा नम्बर ३ मा ६ जना डोम समुदायको संख्या रहेको छ । जनता घर आवास कार्यक्रम मार्र्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईनेगर्दछन । घर सिलान्यासपछि धनेश्वर डोम (मल्लीक)ले घरनिमाणर््ा हुने विश्वास व्यक्त गरेको छ भने कुशेश्वर मल्लीक ले घर निर्माणको प्रतिक्षा पूराभएकोले खुसि व्यक्त गरेको छ ।
कल्याणपुर नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष अशोक मण्डलको अनुसार अति आर्थिक विपन्नताको विच जिवन यापन गरिरहेको डोम समुदायको घर निमार्ण कार्यले जिवन स्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भएको छ । कार्यक्रममा कल्याणपुर नगरपालिकाको वडा नम्बर ५ चिकनका वडा अध्यक्ष दिपेन्द्र यादव बरबरीयाले डोम समुदायको घर निर्माण सम्पन्न पछी घरको समस्या समाधान भएपछि काम गरेर जिवन निर्वाह आफै गरिने तथा शिक्षामा डोम समुदायको लाग्ने बताउनुभएको हो । जनता आवास घर निमार्ण सिलान्याँस कार्यक्रममा जनता समाजवादी पार्टी कल्याणपुरका युवा नेता धिरज मण्डलको सहभागिता समेत रहेको छ । जनता समाजबादी पार्टी कल्याणपुर नगरपालिका भित्रका कार्यकर्ताहरुको समेत सहभागिता रहेको छ । कल्याणपुर वडा नम्रब ३ का बुद्धीजिवि, समाजसेवि तथा समाजका अगुवाहरुको सहभागिता समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१