Siraha Times
ताजा समाचार

स्थानीय कचहरी र महिलाकर्मीको मिलापत्रका प्रवृत्तिले महिला हिंसाका हव बन्दै प्रदेश २

  • कार्तिक २३, २०७७
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  कर्तिक २३ गते । प्रदेश २ बालात्कारको हव बन्दै गएको छ । प्राय जसो दिनहु बालात्कार हुन थालेपछि प्रदेश २ जिल्लाहरुका महिलाहरु असुरक्षित महशुस गर्दै त्रासमै भएको छ । प्रदेश २ मा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधको अवस्था भयावह देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार चैत्र यता लकडाउनका समयमा मात्रै महिला हिंसा सम्बन्धी करीब तीन सय घटनाहरु बाहिर आएका छन् ।जुन अन्य प्रदेशको तुलनामा निकै बढी हो । प्रहरीका अनुसार यस अवधीमा सबैभन्दा बढी जबरजस्तीकरणीका एक सय ९७ र जबरजस्ती करणी उद्योग ४८ घटनाहरु बाहिर आएका छन् । त्यसैगरी लकडाउनको अवधिमा बोक्सी आरोपका १३ र बालबिवाहका चार वटा घटना भएको तथ्यांकले देखाएको छ । यी बाहेकका अधिकांश घटना प्रहरीमा नपुग्दै विभिन्न प्रलोभन, डर र सामाजिक प्रतिष्ठाका नाममा गुपचुप भएका हुनसक्ने प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले बताउनुभयो । प्रहरीसम्म पुगेका घटनामध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको पनि उहाँले बताउनुभयो । घरेलु हिंसाका घटनामा स्थानीय कचहरी बसेर मिलापत्र गर्ने प्रवृत्तिले पनि ठाउँठाउँमा निरन्तरता पाउँदा पीडितले न्याय नपाएको उहाँको भनाइ छ ।

‘मनोपरामर्श वा उपचारपछि पनि पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहन्छ,’ लैंगिक विज्ञ सुनीलकुमार साह भन्छन्, ‘परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूको पीडा कम हुन्छ। तर प्रायः पीडितले समाजको साथ पाउँदैनन्। पीडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म उसले सामाजिक न्यायको अनुभूति पनि गर्न सक्दैन। यस्ता कतिपय घटनालाई परिवार, समाजमै दबाइन्छ, मिलाइन्छ। मुद्दा चलाए पनि फैसला चाँडै हुँदैन। फैसला भएर पीडक जेलमा पुगे पनि पीडितलाई समाजले स्वीकार नगरेको डिआईजी शिहंले वताए ।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१