Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न ।

  • कार्तिक २२, २०७७
  • १७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाले शुक्रबार  भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।दोहाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा शुभकामना अदान प्रदान कार्यक्रम गरेका छन। हामी प्रवासमा भए पनि आफ्नो धर्म र संस्कृतिलाई लोप हुन दिदैनौ जोगाउनु पर्छ भन्दै समाजका सल्लाहकार दिपेन्द्र रामले भन्नुभयो।कार्यक्रम एव समाजका अध्यक्ष पाडव महराले हिन्दु धर्मावलम्बीले मनाउने महत्त्वपुर्ण पर्व दिपावली तथा छठको शुभ अवसरमा अग्रिम शुभकामना व्यक्त गर्नु भएको छ।सचिब श्रीनारायण रामले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ। समाजका सह संयोजक किर्ते महराले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को मध्य नजर गर्दै सुरक्षित रहि भिड्भाड नगरी समाजिक दुरि कायम गरि एवम सरकारले दिएको निर्देशन पालना गरि दिपावली तथा छठ पर्व मनाउन प्रवासबाट सम्पूर्णमा शुभकामना सहित अनुरोध समेत गरेका छन। विभिन्न कम्पनीबाट आएका कार्यक्रममा उपस्थित ५२ जनाको सहभागीतामा उक्त कार्यक्रममा आ-आफ्नो शुभकामना अदान प्रदान गरेको समाजका उपाध्यक्ष जगररनाथ रामले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१