अधिकारका लागि दलितहरु संगठित

  • कार्तिक २१, २०७७
  • १४८३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ कार्तिक २१ गते, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा संयुक्त दलित मोर्चा सिरहाद्धारा शुभदीपावलि तथा छठ पर्वको उपलक्ष्यमा चियापान र दलितहरुको समस्या र समाधान विषयमा अन्तरकृया कार्यक्रम गरि कल्याणपुर नगरपालिका भित्रका दलितहरु संगठित भएको हो । कल्याणपुर नगरपालिकामा १५ हजार भन्दावढी दलित समुदायको जनसंख्या रहेको छ ।
दलितहरुको समस्या र समाधानका विषयमा गरिएको अन्तरकृया कार्यक्रम सँगै नगरस्तरिय दलितहरुको दलितहरुको न्याँय र अधिकारका निम्ती तथा समाजिक न्याँयका लागि सँगठित भई आवाज बुलन्द गर्न संजय महराको संयोजकत्वमा २५ जनाको कल्याणपुर नगरसमिति संयुक्त दलित मोर्चा कल्याणपुर नगरसमिती गठन गरिएको हो । कल्याणपुर नगरसमतिमीमा नगरपालिका भित्रका १२ वटाको २ दुई जना गरि २४ जना र १ जना संयोजक गरि २५ जनाको संयुक्त दलित मोर्चा कल्याणपुर नगरसमितिका संयोजक संजय महराले बताउनु भएको हो ।
कार्यक्रममा प्रदेश नंः २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री माननीय सुरेश मण्डलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । राज्य मन्त्री मण्डले कल्याणपुर नगरपालिकाको संयोजक लगायत २५ जनालाई अविरलगाई बधाई समेत दिएको छ । गठीत दलित मोर्चा का समितीहरुलाई आफनो अधिकारका लागि कटीवद्धभएर लाग्न सुझाव समेत दिनुभएको छ । कार्यक्रममा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादव ले विशिष्ट अतिथिको रुपमा मन्तव्य राखेको थियो । जनता समाजवादी पार्टी कल्याणपुर नगरपालिाका अध्यक्ष रामबाबु यादव, दलित अगुवाहरु उमेश राम, रामचन्द्र महरा, विरेन्द्र सदा, धने सदा लगायतले मन्तव्य राखेको थियो । कार्यक्रमका अध्यक्षता बुलो देवी महराले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१