Siraha Times
ताजा समाचार

माडर नाकाबाट ११ लाख १५ हजार किलो प्याज आयात

  • कार्तिक २०, २०७७
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २० । सिराहाको माडर नाका हुँदै ठूलो परिमाणमा प्याज आयात गरिएको छ । विभिन्न १० नाका खुला गरिएकामध्ये सिराहाको माडर नाका पनि पर्छ । यही नाका भएर १ सय १५ पटक ट्रक, जिपलगायतका मालबाहक सवारीसाधानमा प्याज नेपाल भित्रिएको हो ।नेपालमा प्याजको संकट देखिएपछि माडर भन्सार हुँदै प्याज, आलुलगायतका कृषि उत्पादनहरू ठूलो परिमाणमा आयात गरिएको छ । माडर भन्सारअनुसार कात्तिक दोस्रो सातासम्म ११ लाख १५ हजार ९ सय ९१ किलो प्याज आयात गरिएको छ ।

नेपाल आयात हुँदा भन्सार कार्यालयमा प्रतिकिलो प्याजको मूल्य बढीमा २५ रुपैयाँ भारु उल्लेख गरिएको छ । माडर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार कृषि सुधार शुल्क र भन्सार राजस्व गरी प्याजबाट ७९ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ संकलन गरिएको छ ।प्याज आयातका लागि स्थानीयदेखि अन्य जिल्लाका व्यवसायीहरू पनि माडर भन्सार आएका र ठूलो परिमाणमा प्याजको आयात गरेको सूचना अधिकारी गुप्ताले बताए ।

लक्ष्यको आधा राजस्व तीन महिनामै 
लकडाउन खुकुलो भएसँगै माडर भन्सार कार्यालयले लक्ष्यको आधा राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा १७ करोड २१ लाख ९८ हजार राजस्व असुली गर्ने लक्ष्य पाएको भन्सार कार्यालयले ३ महिना (साउन, भदौ र असोज) मा ८ करोड १५ लाख ८८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।चालू आर्थिक वर्षको साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार र असोजमा ३ करोड २७ लाख ६० हजार राजस्व असुली भएको सूचना अधिकारी गुप्ताले बताए ।

गत आर्थिक वर्षमा माडर भन्सारले लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । कोरोनाका कारणले लकडाउन भएपछि भन्सारमा चैतदेखि सामान आयात ठप्प भएपछि असुली नै शून्य भएको गुप्ताले बताए । गत आर्थिक वर्ष ०७६/७७ मा २० करोड ३० लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजस्व संकलन भएको उनले जानकारी दिए । माडर नाका भएर मार्बल्स, एसबेस्टर, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सरसामानको आयात हुँदै आएको माडर भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१