Siraha Times
ताजा समाचार

सबैला खरियनीका क्यान्सर पीडित रितेश कापरलाई उपचारका लागि आर्थिक सहयोग

  • कार्तिक ७, २०७७
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह लहान सिरहा ७ कार्तिक - सबैला नगरपालिका १०,खरियनी बस्ने राजेश कापरका छोरा ३ बर्षीय क्यान्सर पीडित रितेश कापरको उपचारका लागि जय मा जानकी समाज सेवा नेपालले सहयोग गरेको छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि ४१,५०० रुपैयाँ संकलन गरेको हो । हाल साउदी,कतारमा रहेका स्थानीयबाट संकलन गरि पीडित परिवारलाई बुधबार हस्तान्तरण गरिएको जय मा जानकी समाज सेवा नेपाललेका केन्द्रिय अध्यक्ष ललित कुमार कामतिले बताउनुभयो । रितेश कापर आमालाई हस्तान्तरण गरिएको छ । कामतीले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । परिवारका एकमात्र छोरा रितेश क्यानसर जस्तो घातक रोग बाट पीडित भई हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहनुभएको छ । डाक्टरको भनाई अनुसार थप उपचार गर्नु पर्ने र उपचार्थ खर्च धेरै लाग्ने भएकोले घरको आर्थिक अवस्था कमजोर भै समस्या परेकाले रितेशको जीवन रक्षाको लागि सहयोग गरिएको जय मा जानकी समाज सेवा नेपाल शाखा अध्यक्ष राम सागर मण्डलले बताउनुभयो । रितेशको उपचारका लागि जनप्रतिनिधि राजनीतिक दल र समाजका सम्पुर्ण कार्यक्रममा प्रमुख अथितिको आसनबाट पत्रकार मुकेश यादवले बताए । कार्यक्रममा जय मा जानकी समाज सेवा नेपाल शाखा सचीव रमेश महरा,सदस्य अनुरुध यादव,घुमन यादव,उनेश्वर राय,राम धनी राय,विजय कापर,मलेसिया अध्यक्ष अजय,कुमार यादव,दुबई अध्यक्ष कामेश्वर यादव,साउदी अध्यक्ष शिव चन्द्र कामती,भारत अध्यक्ष राम उदगार यादव,केन्द्रिय उपाध्यक्ष राम नारायण मण्डल,कोषाध्यक्ष अजय दास,महासचिव ललित राय,अगाइत स्थानीयहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१