Siraha Times
ताजा समाचार

सिरहाको नबराजपुर गाउँ पालिकामा पत्रकार संग सुभकामना कार्यक्रम समपन्न

  • कार्तिक ५, २०७७
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ कार्तिक - सिरहाको दक्षिण बर्ति गाउँ पालिका नबराजपुरले सिरहाको पत्रकारहरु संगको भेट् घाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली हरुले मनाउने गरेको मुख्य चार्ड दसौं, दिपावली तथा छठ पर्व तराईमा भवितव्यताको साथ मनाउने गरेको छ।नेपालमा यो पर्वहरु पुस्तौ ,पुस्तौंदेखि मनाउने पर्व हो। नेपाली नागरिकले दसौं लाई मुख्य पर्वको रूपमा लिने गरेको छ । यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देश हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न न दिन नेपाल सरकारले लकडाउनको घोषणा गरेका थिए। जनसमुदायमा सामाजिक दुरी काइम गरी चाड पर्व मनाउन गाउँ पालिका अध्यक्ष बिश्वमोहन यादवले अनुरोध गरेका हुन् । हिन्दूहरुको महान चाड वडा दशैं दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा यादव ले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी,आमा बुबाहरुमा २०७७ सालको शुभ कामना व्यक्त गरेका छन्। उक्त सुभकाना अदान प्रदान कार्यक्रममा नेपाल पत्रकार महा संघको केन्द्रिय सदस्य देब कुमार यादव ,सिरहा सखाका सभापति दिनेश्वर प्रसाद गुप्ता लगायतका करिब तिन दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरुलाई प्रति ब्यक्ती प्रेस ज्याकेट १ पिस माक्र्स१ पिस,हात धुने साबुन २ पिस गरि वितरण गरी सुभकाना अदान प्रदान गरेका गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत अमरेन्द्र कुशयैत यादवले जानकारी दिनु भयो । किसानका समस्या र गाउँ पालिका भित्र रहेको बाटोको समस्या शिक्षा स्वास्थय को समस्या लगायतका विषयमा छलफन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१