Siraha Times
ताजा समाचार

गाउँमै बैंक संचालन भए पछि किसनलाई पैसा बचत गर्न सहज : राज्य मन्त्री मण्डल

  • कार्तिक ५, २०७७
  • ८३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह, सिरहा लहान ५ कार्तिक । सिरहाको कल्याणपुर नगरपालिका वडा नं ५ चिकना बजारमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैकिंग सेवा उदघाटन समारोह सम्पन्न भएको छ । मां जलपा ईन्टरपा्रईजेज कम्पनीबाट सम्झौता गरी ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाबाट सम्झौता गरी बैंक शाखा संचालन गरेको चिकना बजार शाखाका संचालक कुशेश्वर साह पंजियारले बताए । यस शाखाबाट कल्याणपुर नगरपालिका ५ र ६ का स्थानिय जनताहरु लभाब्ति हुने संचालक पंजियारले बताए । समउदघाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा वन तथा वतावरण राज्य मंत्रि सुरेश मण्डल रहेको थियो । कार्यक्रममा राज्य मंत्रि मण्डलले भने गाउँमै बैंक संचालन भए पछि किसनलाई पैसा बचत गर्न सहज हुने, किसानलाई न्युनतम व्याव दरमा ऋण उपलब्ध गराइयो भने जनसमुदायमा जनसेवा सदभाव र भाईचाराको सम्बन्ध बलियो हुने बताउनु भयो साथै दशै दिपावलि तथा छठ पर्वको शुभकामना सहित सबैमा भाई चाराको सम्बन्ध बलियो हुने बताए ।

उदघाटन समारोहमा कल्याणपुर नगरपालिका ५ का वडा अध्याक्ष दिपेन्द्र कुमार बरबरीया ६ का वडा अध्यक्ष मो मोतिबुल राईन र ११ का वडा अध्यक्ष जागेश्वर यादव मेयर प्रत्यासी राजपाका रामबाबु यादव,प्रमोद यादव बैंक स्थापनाको शुभकामना दिनु भयो । शुभकामना दिदै वडा अध्यक्ष राईनले भने ग्राहक महनुभवमा प्रत्यक्ष लाभको फाईदाका साथै २४ औ घण्टा सेवा दिने गरेको हुनु पर्ने बताए । बैंक शाखा संचालक कुशेश्वर साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको थियो । बैंक समउदघाटन कार्यक्रम मा गाउँका बुद्धिजिवी युवा लगायत हजारौको संख्यामा सहभमगीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१