दलित महिला कुटिए गैरदलितबाट

  • कार्तिक ३, २०७७
  • २६७७ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷कार्तिक ३ गते सिरहा जिल्लाको औरहि गाउपालिका वडा नम्बर २ का एक दलित महिलालाई दलित जातको भन्दैपटक पटक गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट गरिरहेको छ । औरही गाउपालिका वडा नम्बर २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सविता मण्डल (खत्वे) लाई श्रीमान मजदुरी गर्न भारताको पंजाब गएको मौकाछोपि निर्घात कुटपिट गरेको हो । पिडित महिलालाई कुटपिटगरि शरीरभरीका लुगाहरु च्यातिदिएको र मरणासन्न गरि घिसारेर कुटपिट पटक पटक गरेको समेत बताउनु भयो ।
औरही गाउपालिकाको वडा नम्र २ तुलसिपुर टोलका दलित महिलालाई यादव थरका व्यक्तिहरुले दलित भन्दै गालिगलौज गर्दैै कुटपिट गरिएको हो । औरही गा.पा.का २ का रामवली यादवका छोरा वर्ष २० को श्याम सुन्दर यादव, रामवली यादवको छोरा वर्षकी छोरी वर्ष २३ की रामकुमारी यादव, भविया यादवको छोरा वर्ष ३० को ललुवा यादव र गोपा यादवको श्रीमती लगायतले दलित महिलालाई गालिगलौज गरि मरणासन्न गरि कुटपिट गरेको हो । पिडित महिला सविता मण्डल (खत्वे)लेन्यायका लागि जिल्ला प्रहरि कार्यालय सिरहामा महिला सेलमा उजुरि दिएको बताउनुभएको छ । पिडित महिलाका अनुसार जि.प्र.का.सिरहाले उजिरिदिएको असोज २८ गते तर अहिले सम्मकुनै सुनुवाई नभएको दुखेसो पोखनुभएको हो । दतिलअधिकार क्षेत्रमा कृयासिल रहेको दलित जागरण केन्द्र गोलबजार सिरहाका सचिव संजय महराले दोषिलाई छानविन गरि कानुनअनुसार कार्वाहिको माग गरिएको हो । दलितमाथि भईरहको अन्याँय अत्चारमाथि सम्बन्धित निकायले चासो नदेखाएको प्रति चिन्ता समेत व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१