दलित महिला कुटिए गैरदलितबाट

  • कार्तिक ३, २०७७
  • २६९७ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷कार्तिक ३ गते सिरहा जिल्लाको औरहि गाउपालिका वडा नम्बर २ का एक दलित महिलालाई दलित जातको भन्दैपटक पटक गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट गरिरहेको छ । औरही गाउपालिका वडा नम्बर २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सविता मण्डल (खत्वे) लाई श्रीमान मजदुरी गर्न भारताको पंजाब गएको मौकाछोपि निर्घात कुटपिट गरेको हो । पिडित महिलालाई कुटपिटगरि शरीरभरीका लुगाहरु च्यातिदिएको र मरणासन्न गरि घिसारेर कुटपिट पटक पटक गरेको समेत बताउनु भयो ।
औरही गाउपालिकाको वडा नम्र २ तुलसिपुर टोलका दलित महिलालाई यादव थरका व्यक्तिहरुले दलित भन्दै गालिगलौज गर्दैै कुटपिट गरिएको हो । औरही गा.पा.का २ का रामवली यादवका छोरा वर्ष २० को श्याम सुन्दर यादव, रामवली यादवको छोरा वर्षकी छोरी वर्ष २३ की रामकुमारी यादव, भविया यादवको छोरा वर्ष ३० को ललुवा यादव र गोपा यादवको श्रीमती लगायतले दलित महिलालाई गालिगलौज गरि मरणासन्न गरि कुटपिट गरेको हो । पिडित महिला सविता मण्डल (खत्वे)लेन्यायका लागि जिल्ला प्रहरि कार्यालय सिरहामा महिला सेलमा उजुरि दिएको बताउनुभएको छ । पिडित महिलाका अनुसार जि.प्र.का.सिरहाले उजिरिदिएको असोज २८ गते तर अहिले सम्मकुनै सुनुवाई नभएको दुखेसो पोखनुभएको हो । दतिलअधिकार क्षेत्रमा कृयासिल रहेको दलित जागरण केन्द्र गोलबजार सिरहाका सचिव संजय महराले दोषिलाई छानविन गरि कानुनअनुसार कार्वाहिको माग गरिएको हो । दलितमाथि भईरहको अन्याँय अत्चारमाथि सम्बन्धित निकायले चासो नदेखाएको प्रति चिन्ता समेत व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहाको गोलबजारमा दल ...

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथ ...

लहान प्रादेशिक अस्पत ...

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१