कल्याणपुरमा सरसफाई तथा रक्तदान कार्यक्रम सम्मपन्न

  • असोज ३०, २०७७
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा÷ ३० गते आश्विन,सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको कल्याणपुर बजारमा वडा दशै, दिपावलि तथा छठ पर्वको अवसरमा कल्याणपुर बजारमा रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सरसफाई कार्यक्रम आयोजनागरि युवा, बुद्धिजिवि तथा समाजसेवीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्मपन्न भएको हो । सरसफाई कार्यक्रममा सिरहा क्षेत्र नम्बर ४ ख का माननिय सांसद तथा प्रदेश नम्बर दुईका उधोग, पर्यटन, वन तथा वातारवण राज्य मन्त्री सुरेश मण्डलको समेत सहभागिता रहेको थियो । राज्यमन्त्री मण्डलले सरसफाईले हाम्रो समाजमा वातारवण स्वच्छ हुने र विभिन्न रोग लाग्नबाट बच्नको लागि सरसफाईमा ध्यानदीनुपर्ने विचार राख्नु भएको छ ।राज्य मन्त्री मण्डलले क्लवद्धारा आयोजना गेरको रक्त दान कार्यक्रममा रक्तदान समेत गरेका छन । सरसफाई कार्यक्रममा जनता समाजवादी पार्टीका कल्याणपुर नगर समितिका अध्यक्ष रामबाबु यादव, जसपाका युवा नेता धिरज मण्डल, जसपाका नेता तथा कार्यकर्ता को समेत सहभागिता रहको थियो । सरसफाई कार्यक्रममा ईलाका प्रहरि कार्यालय कल्याणपुरका प्रमुख प्रमोद साह तथा शस्त्र प्रहरि जवनाका प्रमुख विक्रम बोगटीको समेत सहभागिता रहेको थियो । कार्यक्रम माँ दुर्गा युवा क्लव कल्याणपुर र संघर्षशिल युवा संस्था रजोखैरको संयुक्त आयोजनामा सरसफाई र रक्तदान कार्यक्रम आयोजना गरेको हो । क्लवका अध्यक्ष कृष्णा यादवका अनुसार आफुहरुले हरेका वर्ष यस्तै सरसफाइ तथा रक्तदान कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१