Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिकामा दुई दिने तालिम ,

  • असोज ३०, २०७७
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३० , असोज । हाम्रो सामाजमा महिला माथी महिलाहरुले नै बिभेद गरिरहेको सिरहाको कल्याणपुर नगरपालिकाको कार्यबाहक नगरप्रमुख रोहनी यादबले बताउनु भएको छ । पुरुषले महिला माथी भेदभाब गरेकौ हो तै पनि अधिकांस रुपमा छोरा र छोरीमा महिलाहरुले नै भेदभाब गरिरहेको बताउनु भयो । सो नगरपालिकामा असोज २९ गते बिहिबार सम्पन्न भएको दुई दिने स्थानिय सरकारको निर्वाचित महिला सदस्य र सिमान्तकृत समुदायका कर्मचारीहरुका लागी क्षमता बिकास सम्बन्धि पुनर्ताजगी तालिमको समापन समाहरोको सभा– अध्यक्षताको आसन्न ग्रहण बाट बोल्दै कार्यबाहक नगरप्रमुख यादबले यस्तो बताईन् । पुरुष प्रधान समाजको अन्त्य भैसकेको अबस्थामा पनि त्यो सोचबाट पुरुषहरु हटन नसकेको उनले तर्क गरिन । हामी महिलाहरु जब सम्म महिलाको अधिकारका लागी एकजुट भएर प्रतिकार नगरेमा, छोरा छोरीको भेदभाबको मानसिकता नत्यागेमा पुरुषहरु त्यस्को प्रत्यक्ष फाईदा लिन सक्ने प्रमुख यादबको भनाई रहेको थियो । प्रदेश नम्बर २ मा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रर्बद्धन ( नागरिक सक्रियता ) परियोजना कार्यक्रम अन्तर्गत संचालित तालिमको समापन समाहरोहमा मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साहले भन्नुभयो’ ‘जनप्रतिनिधि निर्बाचित भएको ३ बर्ष पुरा गरी ४ औं बर्षमा प्रबेश गरेको छ , यि चार बर्षको अबधिमा जनप्रतिनिहरु धेरै कामहरु गरे तर कता कता स्थानिय सरकारले जानेर वा नजानेर सुशासनको अबधारणा पुर्ण रुपमा पालना नगरेको बताईन् ।’ कल्याणपुर नगरपालिकालाई समृद्ध बनाउन अझै शुसासनको क्षेत्रमा कामहरु गर्नु पर्ने उहाँले तर्क गरे । राज्यले बनाएको निति अनुसार महिला जनप्रतिनिधहरुको राज्यको निकायमा सहभागिता भएपनी निर्णयक तहमा सहभागिता नहुनु दुर्भाग्य भएको साहको भनाई रहेको थियो । मुक्ति नेपालका सल्लाहकार दिपक भटराईले यो तालिमले कल्याणपुर नगरपालिकाको हरेक गतिबिधि निर्णायक तहमा महिलाको सहभागिता बढाउन मद्दत पुग्ने बिश्वास ब्यक्त गरेका थिए । युरोपियन युनियनको आर्थिक सहयोग , डब्लुएचएचको प्रबिधिक सहयोग , आसमान नेपाल र मुक्ति नेपालको साझेदारीमा संचालित तालिममा करिब २५ जना सिमान्तकृत समुदायको महिला कर्मचारी र माहिला जनप्रतिनिधि लगायत परियोजना अन्तर्गत काम गरिरहेका सहजकर्ताहरुको सहभागिता रहेको थियो । महिला जनप्रतिनिधि , सिमान्तकृत समुदायका कर्मचारी र सरोकारबााला निकायका ब्यक्ति बिचमा लैङ्गिक हिंसा तथा समावेशिकरण शुसाशनको ज्ञाना आदान प्रदान गर्ने उदेश्यले तालिमको आयोजना गरेको आयोजकले जनाएको छ । दुई दिन सम्म संचालन भएको तालिमको सहजिकरण मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साह , जिल्ला संयोजक अशोक कुमार कामती लगायत संगम विश्वकर्माले सहजिकरण गरेको थियो । । तालिम समापन भएको दिन ग्रामिण महिला दिबस समेत परेकोले एक आपसमा तालिममा सहभागी महिला दिदि बहिनीहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिराहाको गोलबजारमा १ ...

विनोद अविरल, बैशाख ८ । ​गोलबजार, सिराहा – मधेश प्रदेश सरकारको संसदीय कोषबाट निर्माण हुन लागेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१