दलित अधिकारकर्मी महरा सम्मानित्

  • असोज २६, २०७७
  • १३६९ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷२५ गते आश्विन, सिरहा जिल्लाका कल्याणपुर नगरपालिका वडा नम्बर १ का लामो समयदेखी दलित आन्दोलनमा सकृयरहदै आएको संजय महरा मिर्चैया नगरपालिका वडा नम्बर ३ बकथलवामा जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समाहरो आयोजनागरिे आईतवार एक कार्यक्रम गरि दलित अधिकारकर्मी संजय महरालाई सम्मान गरेको हो ।
दलित अधिकारकर्मी संजय महरालाई नेहा सदाकी बुवाले खादालगाई सम्मान गरिएको छ भने नेहा सदाले अविर समेत लगाएका थिए । दलित अधिकारकर्मी संजय महरा विगत एक दशक देखी मधेशी दलित आन्दोलन, हक अधिकार तथा समाजिक न्यायँका क्षेत्रमा कृयासिल रहेको छ । मधेशमा अतिनै पछाडिपारिएका दलित समुदायको जनचेतना स्तर उठाउनका लागि दीनअहोरात कृयासिल रहेको छ । अधिकारकर्मी महराले मधेशमा भईरहेको जातिय छुवाछुत, हत्या, हिंसा, बलात्कार तथा जातिय विभेदविरुद्ध आवाजउठाउदै आईरहको छ । अधिकारकर्मी महराले समाजमा भईरहेको विभेद तथा असमानता अन्त्यकालागि दलितहरुलाई संगठित गर्दै न्याँयकालागि आन्दोलन गरिदै आईरहको पनि छ । मधेशमा दलितहरुको बलात्कार तथा हत्याका अपराधिलाई कारवाहिका निम्ती संघर्ष समेत गर्दै आन्दोलनको सिरहा लगायत प्रदेश नम्बर दुईमा अगुवाई गरिरहेको छ ।दलित अधिकारकर्मी संजय महरा दलित जागरण केन्द्र नेपालका सचिव समेत रहेको छ । संस्थामार्फत दलितहरुलाई जनचेतना तथा हक अधिकारकालािग विभिन्नकार्य गरिरहेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बकथल्वाका ११ वषर््ीिय नेहा सदाको आँखाको उपचारमा सहयोगमा अग्रणि भुमीका निर्वाह गरेको थियो । नेहा सदाको काठमाण्डौको तिलगंगा अस्पतालमा आखाँको अपरेशनमा आर्थीक सहायोग संकलनमा समाजिक संजाल मार्फत सहयोग जुटाएकोर सहयोग समेत संजय महराले गरेका थिए । संजय महरालगायतका सहयोगिहाथहरुको सहयोगले नेहा सदाको उपचारको लागि १ लाख ६३ हजार रकम संकलन भएको छ । नेहा सदा र उनको बुवा भोला सदा उपचार सफलपश्चात आफनो घर दुईहप्ता पछि घरफर्केका छन ।
जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समाहरो कार्यक्रमको अध्यक्षता शिव सदाले गर्नु भएको थियो । सम्मान समाहरोह कार्यक्रममा लामो समय देखी मुसहर समुदायको सर्वाङ्गीक विकासका लागि कृयाशिल तथा भोर संस्थाका अध्यक्ष पाँचुलाल माझीको विशिष्ट आतिथ्य रहेको थियो । अध्यक्ष पाँचु माझीले नेहा सदाको उपचारको लागि सहयोगी हाथहरुलाई धन्यवाद प्रकट गरेका थिए पाँचुमाझीले मनतव्यमा मुसहर समुदायको समस्यालाई मात्रे हैनहामीले सम्मपूर्ण दलितको समस्याका लागि काम गरिरहने समते बताउनुभयो । ऋषिकुल समाजका सचिव धनिर सदाले समेत सहयोगि हाथहरुलाई धन्यवाद प्रकट गरको थियो । कार्यक्रममा जनकल्याण मुसहर एकता सेवा समाज नेपालका अध्यक्ष राजेन्द्र सदाले समेत मनतव्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१