Siraha Times
ताजा समाचार

ओरेक नेपाल द्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन

  • असोज २६, २०७७
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ असोज - अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा सिरहाको लहानमा लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारको ध्यान आकर्षण गराउन र्याली निकालिएको हो।मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेका हुन् । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिद चौकमा गएर कोण सभामा परिणत गरी कार्यक्रम सम्पन्न गरिएको थियो।पछिल्लो समय अक्टोवर २ अर्थात अशोज १६ गते समेत प्रर्दशन गरेका थिए।र्याली कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे। बलत्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि डिसेम्बर १० गते सम्म चलिरहने ओरेक नेपाल की कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरी ले जानकारी दिनु भयो । सिरहाका बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१