ताजा समाचार

अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली निकालियो

  • असोज २५, २०७७
  • १५६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २५ असोज अन्तराष्ट्रिय बालिका दिवशको अवसर पारेर आज लहानमा सरकारको ध्यानआकर्षण गराउन र्याली निकालिएको थियो । ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिदचौकमा गएर कोण सभा गरी समापन गरिएको थियो । मौनता तोडौ नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तर्गत आज लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेको हो । यस अघि अक्टोवर २ अर्थात अशोज १६ गते प्रर्दशन गरिसकेको थियो । आज अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा हातमा सलोगन लिएर ५० जनाको उपस्थितिमा र्यालि निकालिएको हो । बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि १० डिसेम्बरसम्म चलिरहने र बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤