Siraha Times
ताजा समाचार

कल्याणपुर न.पा.को निती, कार्यक्रम तथा बजेट सार्वजनिक

  • असोज २५, २०७७
  • १३११ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷संजय महरा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा शनिवारका दिन नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि आ.व. ०७७÷०७८ को निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवको अध्यक्षतामा सम्मपन्न भएको छ । कार्यवाहक मेयर रोहिणी कुमारी यादवले अगामी आर्थीक वर्षको लागि ८१ करोड ८८ लाख८७ हजार बजेट प्रस्तुत गरेको हो । पत्रकार सम्मेलनमा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवले कल्याणपुर नगरपालिकालाई समृद्धबनाउनका लागि शिक्षा , स्वास्थ्य, कृषि र भौतिकपूर्वाधार विकास लगायत प्राथमिकतामा रहेको बताउनु भयो । यादवले नगरपालिकामा राजश्व लगायतलाई व्यवस्थित गर्नका लागि अनलाइर्न सिस्टम चाडै लागुगरिने समेत बताउनुुभयो । यादवले आफुले नगरपालिकाभित्र सवैतर्फ विकास गर्ने छु तर आफनो प्राथमिकता भौतिकपूर्वाधार विकासमा केन्द्रीत रहने समेत जानकारि दिएका छन ।
पत्रकार सम्मेलनमा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दासले स्वागत मन्तव्य राख्दै निती , कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दासले शिक्षा तर्फको बजेट ६० लाख, स्वास्थ्य तर्फ ६५ लाख, कृषित र्फ ५० लााख, पशु तर्फ ३० लाख र महिला विकास कार्यक्रम तर्फ ५ लाख बजेर रहेको जानकारि दिएको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१