ताजा समाचार

कल्याणपुर न.पा.को निती, कार्यक्रम तथा बजेट सार्वजनिक

  • असोज २५, २०७७
  • १३३५ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷संजय महरा, सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा शनिवारका दिन नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि आ.व. ०७७÷०७८ को निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवको अध्यक्षतामा सम्मपन्न भएको छ । कार्यवाहक मेयर रोहिणी कुमारी यादवले अगामी आर्थीक वर्षको लागि ८१ करोड ८८ लाख८७ हजार बजेट प्रस्तुत गरेको हो । पत्रकार सम्मेलनमा कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणी कुमारी यादवले कल्याणपुर नगरपालिकालाई समृद्धबनाउनका लागि शिक्षा , स्वास्थ्य, कृषि र भौतिकपूर्वाधार विकास लगायत प्राथमिकतामा रहेको बताउनु भयो । यादवले नगरपालिकामा राजश्व लगायतलाई व्यवस्थित गर्नका लागि अनलाइर्न सिस्टम चाडै लागुगरिने समेत बताउनुुभयो । यादवले आफुले नगरपालिकाभित्र सवैतर्फ विकास गर्ने छु तर आफनो प्राथमिकता भौतिकपूर्वाधार विकासमा केन्द्रीत रहने समेत जानकारि दिएका छन ।
पत्रकार सम्मेलनमा कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दासले स्वागत मन्तव्य राख्दै निती , कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दासले शिक्षा तर्फको बजेट ६० लाख, स्वास्थ्य तर्फ ६५ लाख, कृषित र्फ ५० लााख, पशु तर्फ ३० लाख र महिला विकास कार्यक्रम तर्फ ५ लाख बजेर रहेको जानकारि दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤