Siraha Times
ताजा समाचार

डाेम समुदायको चुल्लो बालन घरमै पुगे काङ्ग्रेस नेता चौधरी

गरीब र बिपन्नको खुशी हेर्न चाहन्छौ नेतृ कर्माचार्य

  • असोज ६, २०७७
  • २१८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ भदौ - सिरहाको लहान नगर पालिका वडा नम्बर १ मटिर्यवा स्थित रहेको डाेम बस्तीमा ६ जना घर परिवारलाई राहत वितरण गरेका छन्। राहत सामग्रीमा चामल १५ किलो,दाल१किलो, मटर १ किल्लो,खाने तेल १ लिटर ,नुन १ किलो ,साबुन ४ पिस,चिनी १किलो, स्वाईमिन २५० ग्राम लगायतका राहत दिएका हुन् । बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा - बन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको छ्।हाल सम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण र उनमुलन गर्न नसकिदा लकडाउन थपिदै गएको अबस्था छ। आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवारले समाज बाट अपहेलित स्वसित ब्यक्ती हुन् । लकडाउनको मार्मा परी रोजगारी गुमाएका डाेम समुदायको घर परिवार चालाउन समस्या भएको छ। उनीहरुको पुर्खौली पेसा बासको काम गरेर जिबीको पार्जन गर्ने गरेको हो। उक्त पेसाको आसमा बाचिरहेको डाेम परिवारलाई हात मुख जोडन समस्या भएको छ ।

उक्त समस्याको मध्य नजर गर्दै मनकारी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरंतरता दिएका हुन्।पछिल्लो समय ऊनी समाज सेवा गरेर निकै चर्चा र लोक प्रियता भएको चौधरी हाल पुनः राहत वितरण गर्न लागेका हुन्।उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब ,दलित र बिपन्नलाई राहत दिन घर - घर पुगने गरेको थियो । काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पुर्व लहान नगर अध्यक्ष हुन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्य स्व्च्छ क्षबिकी महिला नेतृ हुन् । चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा ऊनी धेरै ठाँउमा सम्मानित भएको हो । राहत बुझीदै बिपन्नले मस जोडीलाई धन्यवाद समेत दिएका हुन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१