Siraha Times
ताजा समाचार

फिप्ना अमेरिकाद्धारा कुलमान घिसिङको पक्षमा न्यूयोर्कमा प्रदर्शन

  • असोज १, २०७७
  • ९२१ पटक पढिएको
  • संजय महरा
alt

नेपालमा प्रत्येक दिन लोडसेटिङले दैनिक जनजीवन विक्षिप्त भएको वेला आजभन्दा ४ वर्ष अगाडी नेपाल प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको नियुक्ति भएको थियो । कुलमानको कुशल व्यवस्थापन, ईमान्दार प्रयत्न , लगनशीलताका कारण नेपाली जनताले कल्पनै नगरेको लोडसेटिङ अन्त्य गरे । त्यतिमात्र होईन अरबौ घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब सम्म मुनाफामा पुर्याए । अन्य धेरै योजनाहरू बुन्दै छ । जलस्रोतको दोस्रो धनि मुलुक नेपालमा विधुत बाटै सम्मृद्वीको सपना देख्न थालिएको छ । यस्तो वेला कुलमानको कार्यकाल समाप्त भएको छ , सरकारले पुनस् नियुक्ति गरेको छैन ।
विगतमा विभिन्न जलमाफियाहरू, दलालहरू, सोलार व्यापारी , ईन्भटर व्यापारी साथै ठूला सिमित व्यापारीहरूको चंगुलमा सरकार र प्राधिकरणका कर्मचारीहरूले जनतालाई अन्कारमा बस्न बाध्य पारेको प्रष्ट छ । त्यसकारण विधुत प्राधिकरणको व्यावस्थापनलाई चुस्त राख्दै विधुत उत्पादन र प्रसारण वाटै राज्यले सम्मृद्वीको सुरूवात गर्नको लागी पनि कुलमान जस्तो कुशल प्रशासक राज्यलाई आवश्यक छ नेपाल आदिवासि जनजाति अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनु भएको हो । त्यसकारण कुलमान घिसिङको पुनस् नियुक्तिको लागी जोडदार माग गर्दछौ फिप्नाअमेरीकाको अध्यक्ष लोक चेम्जोङ,ले गरेको छ ।
आज सेप्टेम्बर १६ का दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ९ फिप्ना० को संयोजनमा नेपाली अमेरीकन समुदायको न्यूयोर्कमा प्रदर्शन गरीएको छ । फिप्नाको संयोजन, आव्हानमा ऐक्यवद्दता जनाउनुहुने सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ । आजको ऐक्यवद्दता सभामा फिप्नाको तर्फवाट अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, नेपाली समाज अमेरीकाका अध्यक्ष समिर महर्जन, शेर्पा किदुग अमेरीकाका अध्यक्ष उर्गेन शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे ले ऐक्यवद्दता मन्तव्य व्यक्त गरेका थिए । आजको प्रदार्शनमा ऐक्यवद्दता व्यक्त गर्न उपस्थित फिप्नाका सल्लाहकार ज्यूहरू, संघिय परिषद, फिप्नाका १७ वटै सदस्य संस्थाका पदाधिकारीहरू , कार्यसमितिका पदाधिकारीहरू , पत्रकारहरू , अन्य विभिन्न सामाजिक संग संस्थाका अगुवाहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१