Siraha Times
ताजा समाचार

सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाले बिमितलाई दियो मृत्यु दाबी भुक्तानी

मृत्यु भुक्तानी लिन लहान पुगे बिमितका छोरा

  • भदौ २९, २०७७
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ भदौ - सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखाले मृत्यु दाबी भुक्तानी दिएका छन् । सबैको लागी सुरक्षा ,शिक्षा र समृद्धिको अभिभारा बोकेका सन नेपाल लाईफ इन्स्योरेन्सले बिमितलाई सजिलै रुपले कुनै पनि दाबी भुक्तानी दिन थालेका छन् । सिरहाको भेडिया ९ निर्धना गाउँ बस्ने ४९ बर्षको राजेश्वर साह तेलिले सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा २०७५ -११-२२ गते नबिन आजिवन जिवन बिमा शीर्षकमा ५ लाख बिमाङ्ग गराएका थिए। बिमा गराएको १० दस महिना पछि उनलाई मृत्यु भएको थियो। बिमा कम्पनीलाई उनले पहिलो किस्ताको रक मात्र तिरेर साह लाई मृत्यु भएको थियोे।उनले केहि बर्ष अगाडि सिरहाको भेडिया ९ बाट बसाई सराई गराएर सिन्दुलि जिल्लाको दुधौली नगरपालिका ९ खिरीयानीटोलमा जग्गा खरीद गरी घर बनाएर बस्दै आएका थिए। साहलाई ४९ बर्षको उमेरमा निधन भएका छन् । शाहले गराएको बिमा लेख न. २०२००००००३४५ र नागरिकता प्रमाणपत्र नम्बर ८१४ / ९ भएको जिल्ला प्रसारण कार्यालय सिरहा बाट २०४५ साल बैशाख १५ गते नागरिकता लिएका हुन्। आफनै घरमा बस्दै गर्दा एकासी टाउको दुखी बान्ता भई उपचार गराउन नपाउदा असामिकिय अचानक मृत्यु भएको परिवारजनले जानकारी दिनु भयो। मृतक साहको घरको एउटा भान्सामा खाने ६ जनाको सदस्य रहेको र उनले दुई श्रीमती बिहे गरेका थिए। उनले गरेको जेठि श्रीमतीको छोराहरु जवान छन् भने कान्छी श्रीमतीबाट जन्मेको छोरा छोरी सानै उमेरका छन्। साहको छिमेकी गाउँ पर्ने आफन्त बिनिता साहले मृत साहको घरमा गई बिमा गराउन सल्लाह र सुझाव दिएको मृतको छोरा बर्ष ३०को जित नारायण साहले बताए । इन्स्योरेन्स कम्पनीले मृत क परिवारलाई ५ पाँच लाख १७" हजार ५ पाँच सयको माछापुच्छ्रे बैंकको चेक नम्बर २४५६००८५ भएको चेक ३० बर्ष छोरा जित नारायण साहलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहान सखामा बोलाएर शाखा प्रबन्धक उपेन्द्र नारायण महतोले गाउँका बुधिजिबि र मिडिया कर्मि जितेन्द्र शर्मा र पत्रकार महेश सिंहको रोहवरमा कार्यालयको कार्यकक्षमा प्रबन्धक महतोले हस्तान्तरण गएका छन्। चेक बुझदै छोरा जित नारायण साहले भने बुवा बित्यो आर्थिक समस्या भयो यस्तो दु:खद घडीमा इन्स्योरेन्स कम्पनीले पैसा दिदा खुशी छु। बिमा सबैको लागि राम्रो हो ,जोखिम पुर्ण लाभ आउने आफनो सुरक्षा आर्थिक बचत गर्ने राम्रो हो,जिबनमा सबैलाई बिमा गर्नु अनिवार्य हो बताए। चेक हस्तान्तरण गर्दै लहान सखाका म्यानेजर उपेन्द्र नारायण महतोले मृत परिवार प्रति श्रद्धाञ्जली अर्पण गर्दै रोकाकुल परिवारलाई धैर्य धारणको शक्ति मिलोस र मृतक आत्माको बैकुण्ठमा बासहोर भगवान संग प्रार्थना समेत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१