ताजा समाचार

ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण

  • भदौ २९, २०७७
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ का क्षेत्रिय सदस्य एवम समाजसेवी र कोरोना महामारी जनचेतना अभियानी बिक्रम यादवले धनुषाको निर्वाचन क्षेत्र नं. ४ अन्र्तगतको ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन । अभियानी यादवले ४००० थान मास्क बेंगाशिवपुर १९ का उपसभापति रामचन्द्र बैठालाई प्रदान गरेका छन । दिनानुदिन कोरोना भाईरस संक्रमितहरुको संख्या बढन थालेपछि जनचेतना फैलाउन समाजसेवी यादवले स्थानीयहरुलाई सर्तकर्ता अपनाउन आह्वान गरेका छन । यादवले नोभेल कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने सतर्कता र सावधानीबारे जानकारी गराउन स्थानीय युवाहरुलाई परिचालन गरेका छन । युवाहरुले जनचेतना फैलाउनुका साथै स्थानीयहरुलाई मास्क वितरण गरिरहेको जनाईएको छ । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सह(सचिव नरेश यादव , ईब्राहिम राईन , रामसागर यादव , मुकेश यादव , दिपेन्द्र यादव , शिवशंकर यादव , जयनारायण यादव , घोरला राईन सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤