Siraha Times
ताजा समाचार

महोत्तरीको बर्दिवासमा दलितद्धारा विरोध प्रदर्शन

  • भदौ २८, २०७७
  • १३६८ पटक पढिएको
  • संजय महरा
alt

दलित संघर्ष समिति, महोत्तरीले दलित हत्याका घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्म कार्वाहीको माग गर्दै शान्तिपूर्ण र्याली तथा कोणसभा कार्यक्रम गरेको छ ।
निरञ्जन राम, बिजय राम, रोशन बिक, लगायतका दलित हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गरेका थिए ।
शनिबार महोत्तरीको बर्दिवास चोकबाट सुरुभएको र्याली नगरपरिक्रमा गरि तीनकुने चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
सिराहा, धनुषा, सर्लाही, रौतहटका दलित अगुवा तथा अधिकारकर्मी तथा आम सर्वसाधारणको बाक्लो उपस्थित रहेको थियो ।
दलित संघर्ष समिति, महोत्तरीका सचिव सरोज गजमेरले संचालन गरेको कार्यक्रममा दलित संघर्ष समिति सिराहाका संयोजक राज बिसुन्खे, दलित अधिकारकर्र्मी संजय महरा, चमार सेवा समाज केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र महरा, प्रदेश नं।२ बिस्वकर्मा समाजका महासचिव अम्बिका बिस्वकर्मा, दलित अधिकारकर्र्मी बिनोद बिशुन्खेले घट्नामा संलग्न दोषीहरुलाई कारबाही तथा पीडित परिवारलाई न्याय दिन राज्यसँग जोडदार माग गरेका छन् ।
र्याली तथा विरोध कार्यक्रमलाई दलित संघर्ष समिति, महोत्तरीका संयोजक मीन रहपालले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१