सिरहाको लहानमा मेडिकल काउन्सिल चिकित्सकको परिक्षा सम्पन्न : मेसु डा. सुनिल कुशवाहा

  • भदौ २३, २०७७
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ भदौ – सिरहाको लहानमा नेपाल मेडिकल काउन्सिलको परिक्षा लहानको प्राविधिक शिक्षालयमा सम्पन्न भएको छ। बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको मार्मा परेको नेपालको शिक्षा प्रणाली अस्तबेस्त भएको छ। कोरोनाको कारणले गर्दा नेपालको शिक्षा प्रणालीमा निकै ठुलो पहिरो गएको एक तथ्यांकले देखिन्छ । नेपालमा विद्यार्थीहरुलाई निकै नै मनोबल कमजोर भएको एक शिक्षक ,शिक्षा विदले बताए। शनिबार नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र एनएमसि लाईसेन्सिङ (N.M.C liscensing examination ) लहानको प्राविधिक शिक्षालयमा भएको हो । लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाको केन्द्राध्यक्षतामा भईरहित वातावरणमा परिक्षा सम्पन्न भएको छ । बिहान् ९:४० मा सुरु भएको परिक्षा दिउँसो १२:४० मा समापन भएको थियो। उक्त परिक्षामा MBBS र BDS पास गरेका ४९ जना छात्र ,छात्रा मेडिकल विद्यार्थीहरुको परिक्षामा सहभागि भएका थिए । सम्लित भएका विद्यार्थी मध्ये १५” जना महिला र ३४ पुरुष विद्यार्थीहरुको सहभागिता रहेको केन्द्राध्यक्ष डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभयो । परिक्षा हल भित्र कोरोना माहामारीको मध्य नजर गर्दै समाजिक दुरी कायम गरी २ दुई मिटरको दुरीको फरकमा परिक्षार्थिलाई बसाईएको थियो । प्रत्येक सहभागी विद्यार्थीलाई एउटा मास्क र सेनिटाईजर सहयोग समेत गरेका थिए। परिक्षार्थि लाई हल भित्र छिराउनु भन्दा अगाडि शरीरलाई पुर्ण रूपले सेनिटाई र डिजिटल हाजिरीबाट फेसरीडिङ्ग गरी परिक्षा हल भित्र छिराएका थिए । अबजर्भरको लागि ईलाका प्रसासन कार्यालय लहानका प्रमुख र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख उमा शंकर पजियार र ईलाका प्रहरी कार्यालय लहानका इन्जार्ज तथा DSP शरद कुमार थापा क्षेत्रीका प्रहरीको एक समुहले परिक्षालाई मर्यादित र भयरहित बनाउन टोलि खटेका थिए ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१