Siraha Times
ताजा समाचार

सुरक्षा व्यवस्थालाई प्रभावकारी र कोरोनाबाट जोगिन समग्रद्वारा प्रहरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान फोटो सहित

  • भदौ २०, २०७७
  • २२७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिलिप कुमार सहनी सिरहा, भदौ १९ गते । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेका छन् । आमनागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरहाले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको हो ।सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणको जोखिम कम गर्न देशव्यापी रुपमा चल्दै आएको विभिन्न खाले क्रियाकलाप सरह सिरहा नगरपालिकाले पनि कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउन अग्र स्थानमा रही विभिन्न खाले क्रियाकलाप संचालन गर्दै आएको मेयर यादवले बताएका हुन् । कोरोना संक्रमण जोखिम न्यून गर्ने यो महाअभियान भएको हुनाले यसलाई सफल र सार्थक बनाउन कुनै एक दुई पक्षले मात्र नहुने तर्फ गर्दै महाअभियानलाई सफल बनाउन समग्र संस्था जस्तै अन्य गैरसरकारीलाई सहयोगकारी भुमिका निर्वाह उनले आग्रह गरे ।

हालको कोभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैंगिक हिंसाको प्रभावितहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र खास गरी जिप्रका भित्र रहेर महिला बालबालिकाको क्षेत्रमा विशेष सेवा प्रवाह गरिरहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सेवा प्रवाहलाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनु भयो ।

निर्देशक पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईजर १ सय ग्राम १२० थान, थ्रमो गन २ पिस, ग्लोब्स ६० जोर, सर्जिकल माक्स २ हजार पीस, के ९५ मास्क ६० पीस, सेनिटाईजर स्ट्याण्ड १ पीस, सेनिटाईजर ५ लिटरको २ ग्यालेन, पिपिई ५ सेट, गमबुट १० जोर लगायतका सामग्रीहरु प्रदान गरिएको उनले बताउनु भयो।

युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्रले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त सामग्रीहरु वितरण गरिएको सहज परियोजनाका परियोजना व्यवस्थापक कृष्ण साहले बताउनु भयो । सिरहा जस्तै समग्रले संचालन गर्दै आएको प्रदेश नं.२ का ६ वटा जिल्लाका सुरक्षा निकायलाई सहज परियोजनाबाटै स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१