Siraha Times
ताजा समाचार

बिपनलाई खाना खुवाउने अभियान लहानमा सुरु

  • भदौ १७, २०७७
  • १४८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ भदौ - सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाउनु भएका अति बिपनन परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ। लहान नगर पालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा कलब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्। परोपकार युवा कलब लहान मनकारी युवाहरुको एक समुह हुन। पछिल्लो समय उक्त कलबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँ पालिकामा मा अति बिपन परिवारलाई चामल ,दाल ,आलु ,खाने तेल , नुन ,सोवाईमिन , हात धुने साबुन,सर्फ लगायतका सम्मान राहत स्वरुप वितरण गरेका कलबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनु भयो । कलब आबद्ध युवाहरू भुसन जैसवाल,एकलास अहमद ,सुपरीया मंण्ड,जितेन्द्र साह रौनियार ,अपताब आलम , स्नेहा सोनि,चिरञ्जीवी साह, युवा नेता तथा समाज सेबि मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाडने गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्न लहन नगर पालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका छन् । सो कार्यक्रम भदौ १७ गते बाट सुरु गरेको छ भने भदौ २७ गते सम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए । रोजगारी मुमाएका युवा वृद्ध र बिपन परिवार जलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन्न्न र सबैले बाचुन भने मेरो धारणा गरेको छ। हामीले संयुक्त रुपमा लकडाउन अबधि सम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बुलुका ६ बजे देखी ७:३० बजे सम्म खाना खान आउन आग्रह समेत गरेका ,खाना पुर्ण रुपमा साकाहारि भोजनको ब्यबस्था गरेका छन् । कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१