दलितयुवाकाे हत्यारा गैरदलित लाई खुल्लमखुल्ला रुपमा बचाउदै डि. एस .पि . ज्ञानकुमार महताेले दलितहरुलाई फसाउदै ...

  • भदौ ९, २०७७
  • १४३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/श्रावण ८ गते, रौतहटको निरन्जन रामको हत्यामा संलग्न भएको आरोपमा विजय रामलाई प्रहरीले पक्राउ गरेको छ र निरन्जनको सम्पुर्ण घटना विजयले गरेको भनि जबरजस्ती कबुलनामा गराउनका लागि प्रहरीले बल जबरजस्ती प्रहरी हिरासत भित्र कुटपिट गरेको कारणले उहा विरगन्ज मेडिकल कलेजमा प्रहरीले भर्ना गराएको छ । घटनामा दोषी ठहरिएका मृतक निरन्जन काण्डको मुख्य हत्याराहरुलाई बचाउनका लागि यसरी विजय रामलाई कुटपिट गरिरहेको प्रहरीले गरेकाे छ । यसरी गैरदलितद्धारा हत्या गरि दलित समुदायका युवाहरुलाई घटनाको जिम्मेवारी लिन प्रहरीले बल प्रयोग गर्न पाईदैन ।हत्यामा जो सुकैसंलग्न होस कारवाही हुनुपर्छ तर निदोर्षलाई जबरजस्ती फसाउन पाईदैन । यो केशलाई रौतहट प्रहरीले पैसाको लोभमा तोडमोड गरि मुख्य योजनाकार , मुख्य हत्यारा गैरदलित अपराधीहरुलाई बचाउन खोजिरहेको छ । विजय रामको हालत गम्भिर रहेको छ । नेपाल प्रहरीले विजय रामलाई अत्याधिक कुटपिट गरेको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन । यसर नेपाल प्रहरीले जातकै आधारमा विभेदगर्न मिल्दैन र जबरजस्ती अपराधि बनाउन पाउदैन । रौतहट प्रहरी पनि घटनामा संलग्न भएको हामीलाई अशकां लागेको छ अब ..हामी यस्ता कार्यको घोर विरोध गर्दछौ । नेपाल प्रहरी मुर्दाबाद .. अपराधीलाई कारवाहीकाे माग गर्दछौं । संजय महरा दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहा का सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१