ताजा समाचार

ब्योवृद्ध महिलालाई ग्याँस-चुलो’ उपहार दिएर समाजसेवी संगीताले मनाइन् जन्मदिन

जन्मदिन मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी ब्योवृद्ध महिलालाई गरे उपहार : समाज सेबि मस जोडी भन्छन् म समाज सेवामै खुशी छु

  • भदौ ८, २०७७
  • १०२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह ,सिरहा लहान ८ भदौ - सिरहा : लहानकी एक समाजसेवी संगीता कर्माचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’ उपहार दिएर जन्म दिन मनाएकी छिन । संगिता की जन्म २०२९ सालमा काठमाडौंको मरुटोलमा बुवा स्वर्गीय दुर्गा नाथ कार्माचार्या र आमा स्वर्गीय उर्मिला कार्माचार्यकी कोखबाट जन्मेकी संगिता अहिले देश ब्यापि रूपमा नेपालको राजनीतिमा सक्रिय रहेकी छिन । उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी एक ब्योवृद्ध ७४ वर्षीय गरीब महिला छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् । लहान नगरपालिका ८ स्थित ४० बर्ष अगाडि देखि बंगालीन लहानस्थित शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन्। ब्योवृद्ध बंगालिन २० बर्ष अगाडि श्रीमान गुमाएकी हुन्। बंगालीन लाई एक छोरा र एक छोरी छ्न ,चोरीको बिहे भए श्रीमानको घर गईन।

 

छोरा शम्भु बंगालिन बिगत १० बर्ष देखि वैदेशिक रोजगारीको लागी मलेसियामा बस्दै आएका छन् । शम्भुको श्रीमती माईतिको घरमा बस्दै आएका छन ।आमा छोबिदेबी बंगालिनलाई कसैले हेर्चा गर्दैन। ब्योवृद्ध बंगालिनले भन्छन् श्रीमान दुदाखेरी केहि समस्या थिएन वहाँ बितनु भयो समस्या एकासी मेरोमा आईसक्यो। श्रीमान् दिगोन चन्द्र देब क्षयरोग बाट बर्सौ बर्ष देखि ग्रसित थिए । छोबि देबि बंगालीन अहिले ७३ बर्षकी छिन । नेपाल सरकार बाट दिने गरेको समाजिक सुरक्षा भत्ताको सहाराले बाचेकी छिन् । केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो समेत चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो । समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् । ‘ग्याँस–चुलो’ पाएपछि उनी खुःशीले भइन् । ‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।

समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय सिरहामा निकै चर्चामा आएका हुन्। लकडाउनबाट प्रभावित र हातमुख जोड्न समस्यामा परेका लहानका हजारौं गरिब दलितलाई राहत बाँडेपछि महेश र संगीता की जताततै ब्यापक चर्चा चलदै छन्। लहानमा अहिले महेश र संगीतालाई ‘मस’जाडी भनेर चिन्न थालेका छन। केहि साता अगाडी काङ्ग्रेस नेता महेश चौधरीले सिरहाको लहान नगर पालिका २४ पंकीटोलको दलित बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤