Siraha Times
ताजा समाचार

विद्यालयका ब्यवस्थापक समितिको नमुना काम पहिलो कार्य आठ हजार विरुवा रोपेर शुरुवात

विद्यालयको आम्दानी स्रोत बढाउन सुखिपुरमा बृक्षारोपन

  • भदौ ७, २०७७
  • २६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह ,लहान सिरहा ७ भदौ-सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विग्हा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ । सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा बिभिन्न प्रजातीका ८ हजार विरुवा रोपेको प्रधाध्यापक सत्य नारायण यादवले बताए। उक्त बिध्यालय सुखीपुर नगर पालिकाको वडा नम्बर ८ र ३ कुशहा लक्ष्मिनियाँ स्थित रहेको जनता माध्यमिक विद्यालयको जग्गामा बृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ । निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफनो कार्यकालको पहिलो कार्य वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्ये अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँको सम्पती स्कुलको हुनेछन् उनले बताए। त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले स्थानीयलाई सहयोग गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपा नेता महेश साह, रजित पजियार , नेपाली कांगेसका प्रतिनिधी राम प्रसाद चौधरी, राम औतार यादव ,जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१