Siraha Times
ताजा समाचार

सिरहामा शस्त्र प्रहरी द्धरा अबैध कपडा बरामत

सिरहाको आभेनगरको अस्थाई सशस्त्रको प्रहरीद्धरा अबैध सम्मान बरामत

  • साउन ३२, २०७७
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा ३२ श्रावण - भारतबाट भन्सार छलि गरि नेपाल ल्याउदै गरेको सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धान खेतको आलि भए नेपाल भित्रियाई रहेको अबैध कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगर अस्थाई सशस्त्र क्याम्पले करिब एक लाख पचास हजार मुल्य बराबरको कपडा पक्राउ गरेका छन् । शनिबार राती करीब ११ बजे तिर अस्थाई पोस्ट आभेनगर बाट खिटिएको सशस्त्र प्रहरीको टोलिले भारत बाट नेपाल ल्याउदै गरेको कपडा प्रहरीले पक्राउ गरेका छन् ।भारत बाट भान्सार छली गरी चोर बाटो भएर ब्यापारीहरुको एक समुहले ७ वटा पोका बनाई धान खेतको आलिको बाटो भएर नेपाल भित्रीयाई रहेको अबस्थामा उक्त सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीको क्याम्पबाट नजिकै रहेको नेपाल र भारतको सिमाना भएको ले चोर बाटो अपन्याएर ल्याउने गरेको स्थानीयको भनाई छ । आभेनगर प्रहरीले छोटो समयमा पटक- पटक सम्मानहरु बरामत गर्दै आएका हुन् । नेपाल र भारतको खुल्ला बोडर भएको मानिसहरु आलिको बाटो भएर भारत जाने गरेको देखिन्छ । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित कम गर्न र नेपाल , भारत ओहोरदोहोर गर्ने मानिसहरुको भिड कम गर्न नेपाल सरकारले सिमा क्षेत्रमा ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थाई क्यामपहरु राखेका छन् । भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरमा बैशाख १५ गते देखि आधारभुत प्राबि मा अस्थाई चेक पोस्ट राखेका छन् । बरामत गरेको सम्मान दाखिलाको लगानी ठाढि भन्सारमा बुझाएको छ् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१