Siraha Times
ताजा समाचार

दतिलसमुदाय माथि विभेदै विभेद ।

  • साउन २९, २०७७
  • ९२९ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा सिरहा जिल्लाको सुखिपुर नगरपालिका ०४ नम्बर वडा पोखरिया कविलासि टोलमा सुर्यनाथ यादबको मृत्यु भोजमा दलितहरुलाई निम्तो दिएर भोजखानबोलाई भोजखानेबेला गालि गलैज गरि खानेपात समेत फालेर गालिगलैज गरेको हो । भोजखान बसेका छेदी मोचिलगायतका सयौको संख्यामा बृद्ध, बालवालिकाहरु बसेका दलित समुदायलाई कुशव्द प्रयोग गर्दै कतिपयलाई हाथपात समेत उपल्लो जातका यादब समुदायले गरेका छन ।
यादव समुदायको पशुपति यादब, उपेन्द्र यादव, रामचन्द्र यादव र रामप्रित यादबको समुहले दलितहरुले खानलागेको भोजमा दुव्र्यवहार र हातपात गरेको हो । दलित समुुदायलाई दिउसो ४ बजे भोज खान निम्तो दिएको थियो दलित समुदायका लााई छिमेकिले भोजको खान बिझो भयो भनेपछि खान समयमा गएको हो तर हामिले बसेको केहिसमयमा नै पातखोसेर सवैलाई खानदिएनन यादवसमुदायको समुहले तिमिहरु सवभन्दा पछि साझपख मात्र खान दिनेछु भनेर दुव्यवहार गरि कुटपिट समेत गरे ।
दलितमाथि भएको अन्याय भएको थाहापाए लगतै संघिय समाजबादि पार्टिका प्रदेश सांसद सुनिता राम पुगेकि थिईन । संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महरा समेत पुगेको थियो महराका अनुसार दलित समुदायमाथि गरेको अमानविय व्यहार गर्नेलाई कानुनि कार्वाहीकोलागि लागिपरेको बताएका छन । महराका अनुसार जिल्ला प्रहरि कार्यालयमा उजुरि दर्ताको लागि लागिपरेको समेत बताउनुभएको छ दोषिलाई कारवाहि र अन्यायमा परेको दलित समुदायको लागि दलितहरु संगठित भई शान्तिपूर्ण संर्घष समेत जानसक्न पर्ने बताएका छन ।
त्यस्तै सिरहा नगरपालिका ११ मा २०७६ भदौ २५ गते भलुवाहिमा २५ वर्षिय बिरेन्द्र महरालाई मृत्युको भोजखान बोलाएर माईजन ६० वर्षिय जोगिन्द्र कामति बाटै पातखोसिएको थियो । कल्याणपुर नगरपालिकाको १० स्थित बङ्गठिया का आकाश मण्डलले सिरहाकै सखुवानन्कटी ५ का महेशवारकी २२ बर्षिय सुनिता राम सँग प्रेम विवाह गरिएको थियो तर दलित भएकैकारणले घरपरिवारले राख्नमान्दैनन । सुखीपुर नगरपालिका ५ का ७१ वर्षिय गनौरा मोची लाई २०७६ भदौ ९ गते चिया छोएको भन्दै सोहि गाउका ४५ वर्षिय किसुन यादवले गनौरा मोचिलाई चिया पसलमा कुटपिट गरेको हो । नहरा गाउपालिका ५ बलुवा स्थित जुगुतलाल मोचीलाई २०७६ साउन १९ गते भुमिसुधार कार्यालय सिरहामा आफना बावुको नाममा रहेको मोहि जग्गा नामसारिको मुद्धाको तारिख लिन गएका बेला सोनो जातको ठूलो हुने भन्दै दुखमोचन यादब, सुन्दर यादब , हरिदेव यादब, विष्णुदेव यादब, सोमनिदेवि यादब लगायतका समुहले कुटपिट गरेको हो ।

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१