Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुर गाउँपालिकामा बन्दा बन्दीको घोषणा

  • साउन २७, २०७७
  • १९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २७ श्रावण - सिरहाको भगवानपुर गाउँपालिकामा बन्दा बन्दीको घोषणा गरेको छ । कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बिटनडा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन गाउँपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ पालिका अध्यक्ष बेचन प्रसाद यादवले बताए । श्रावण २७ गते देखि १० दिन सम्म बन्दा बन्दिको घोषणा गरेको पत्रकार समेलन मार्फद जानकारी दिनु भयो। गाउँ पालिका भित्र लागने हाट ,बजार समेत बन्द हुने उनले बताए । समाजिक दुरी कायम गरी बिहान् ८ बजे देखि दिउँसो ११बजे सम्म अति आवश्यक औषधी पसल ,किराना पसल खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी गाउँ पालिकामा पसलहरु खुला राख्ने र समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँ पालिका अध्यक्ष बेच्न प्रसाद यादवले बताए। गाउँ पालिकाको छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको अध्यक्ष यादवले बताए।उक्त महामारीबाट जोगिन गाउँपालिकामा बदाबन्दीको घोषणा गरेको गाउँ पालिकाको प्रसासकिय अधिकृत दिलीप कुमार यादवले जानकारी दिनु भयो । गाउँ पालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने यादवले बताए । नेपाल र भारतको खुल्ला बोडर रहेको ले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको भगवानपुर गाउँ पालिकाका नेकपा संयोजक उग्रनारायण यादवले बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अबधिमा राती - राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको यादवको आरोप रहेको छ। बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् ।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१