ताजा समाचार

सिरहाको दोहटीयामा ६ जनालाई ब्राउनसुगर लागु औषध सहित पक्राउ

  • साउन २६, २०७७
  • १६१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह, लहान २६ साउन‌‌‌‌‌।सिरहाको दोहटीया ६ मा आफ्नै घरमा अवैध लागूऔषध ब्राउनसुगर बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले गोलबजार नगरपालिका वडा नम्बर ६ का २८ बर्षीय पाण्डव गुप्ताले आफ्नै घरको कोठामा बिक्री वितरण गर्नको लागि लुकाई छिपाई राखिएको अबैध लागु औषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

लागु औषध कारोबारमा पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय पाण्डव गुप्ता,२२ वर्षीय सुरज परियार,२० वर्षीय रोशन लामा , गोलबजार नगरपालिका ४ का २० वर्षीय सैफली खान ,गोलबजार नगरपालिका ५ का १९ वर्षीय विवेक श्रेष्ठ र गोलबजार नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय शिरिलमहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।

पाण्डव सिहित उनीहरूको साथबाट सानो सानो सेतो प्लास्टीकको पोकामा ५ थान कालो प्लास्टिकको ठूलो पोका एक थान सपै तौल गर्दा १ ग्राम ४०० मिलीग्राम र प्लास्टिक हटाएर पुन तौल गर्दा १ ग्राम २०० मिलिग्राम अबैध लागु औषध सहित बरामद गरेको डिएसपी घिमिरेले बताए। पक्राउ परेम‌ा घर धनी‌‌‌ सहित ६ ‌‌‌‌‌‌‌‌‌जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी उनीहरूको पथ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤