Siraha Times
ताजा समाचार

चर्चामा रहेका बेवारिसे लास ब्यस्थापनको अभियान्ता बिनय र कल्पना

  • साउन २५, २०७७
  • ९०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २५ श्रावण - उनले सिरहा लगायत देश भरिका बेवारिसे लासलाई आफनै छोराछोरी बने हजारौं लास लाई दागबति दिने गरेका छन्। सिरहा आए पत्रकार महेश सिंह संग लामो कुरा कानि गरेका थिए। नेपालको सबै जिल्लामा बेवारिसे लास ब्यबस्थापनको लागी बा - आमा घर संचालनमा ल्याउने उनले बताए।बाचुन जेल सम्म बाउ र छोरी बेवारिसे लासलाई दागबति र ब्यबस्थापन गर्छु सिरहाको लहानको पत्रकार समेलन प्रतिबधता व्यक्त गर्नु भयो । सोसल चेन्ज संस्था खोलेर यो बीचमा झण्डै सयौं युवाहरुलाई दुव्र्यसनमुक्त बनाएका छन् । र संस्था खोलेको तीन बर्ष पूरा नहुँदै झण्डै १ सय ८० भन्दा बढी लाशहरु जलाइसकेका छन् । र बनाउदैछन् ललितपुरको लामाटारमा बृद्धबृद्धाहरुलाई राख्ने आश्रम बा आमा घर । जहाँ २० वेवारिसे बुवा आमा अट्नेछन् ।आश्रम बन्दैछ । तर नेपाली समाज आश गर्नु भर नपर्नु भनेझैं । अघिल्लो बर्ष बुवाको मुख हेर्ने दिन आश्रम उद्घाटन गर्न पुगेका समाजका विशिष्ठ व्यक्तिहरुले विनयजी केही परे आउनु हामी सहयोग गर्छाै भन्ने उधारो आश्वासन त देखाए ।तर जतिखेर विनयष्जंग बस्नेतका लागि उनीहरुको सहयोगी हातको खाँचो थियो । एउटै लाश पोल्न मात्र दश हजार खर्च हुन्छ । यो खर्च उनले आफ्नो घर जग्गा बैंकमा राखेर ऋण लिएको छन् । र थपिदैंछ ऋण माथि ऋणको भारी । तर विचलित छैनन् विनय भन्छन् ऋण लागोस त दिन नलगोस ।हिजोको वेवारिसे विनयको आज दैनिकी फेरिएको छ । हिजो–आज त सडकमा बेवारिसे लास भेटिएपछि नीय,प्रहरी,अस्पतालहरुले सिधै विनयलाई खबर गर्न थालेका छन् । अहिले पनि उनको रिलायबल फाइनान्समा अहिले पनि ऋण तिर्नु विनयले ५ लाख रुपैयाँ । बालकोटको सहकारीबाट पनि ऋण लिएका छन ्। व्यक्तिगत रुपमा ख्ण दिनेहरु पनि छन् बर्तमान र भविष्यको चिन्ता । हिजो रक्सीको नशामा डुबेर बर्बाद भएका समाजसेवी विनयजंग बस्नेत आज आवादीको बाटोमा छन् । उनी आफू त आवदी भए नै अरुलाई पनि आवादीको बाटोमा हिडाउदैछन् । अर्थात पूराना दिनमा आफैं नशामा डुबेका उनी आज अरुलाई दुव्र्यसनमुक्त बनाउँदैछन् । रिप्लाई आएन । त न कार्यकक्षमै पुग्दा ती विशिष्ठ व्यक्तिहरु नै भेटिए कार्यकक्षमा । उधारो आश्वासनकै पछाडि उनी दौडिन छाडे । वाक्क दिक्क भए पछि फेरि गुहार्न थाले केही मनकारी । फेरि पुगे उही सहकारी । चर्काे व्याजदरमा ऋण लिए । र थप्दैछन् आश्रममा इट्टामाथि इट्टा । र पूरा हुने चरणमा छ आश्रम । यो बीचमा ऋण लिएका साहुहरुको धम्की आउँछ । घुर्की आउँछ । तर विचलित छैनन् उनी । संस्था स्थापना भएको यो तीन वर्षको अवधीमा एक सय ८६ वटा शव जलाइसके। बेवारिसे शव जलाउन गोदावारी घाट, शंखमुल, हनुमान घाट र पशुपतिमा लैजान्छन्। त्यसमध्य पनि सबैभन्दा धेरै पशुपतिमा नै दाहसंस्कार गरेका छन्। । उनीहरु बारम्बार ताकेता गर्छन । यो बाहेक अरुसँग सहयोग मागेका छैनन्, छिट्फुट केही मनकारीबाट आउने सहयोग बाहेक । ऋृणमा चलेको छ विनयजंग बस्नेतको जिन्दगी । तै पनि भन्छन् मागेर समाजसेवी बन्दिन, बरु घर जग्गा बैंकमा राख्छु उनले बताए ।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१